logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तत्काल निर्वाचन परिणाम सार्वजनिक गर


  • जन आकाश
  • सोमबार, पुष १७ २०७४

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको गत १० र २१ मंसिरमा भएको निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न वाम गठबन्धनका भातृसंगठनहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनीहरूले वाम गठबन्धनले बहुमत ल्याएको बेला परिणाम सार्वजनिक गर्न आनाकानी गरेको भन्दै रोष प्रकट गरे । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.ययोधिप्रसाद यादवलाई उनकै कार्यकक्षमा भेटी निर्वाचन परिणाम तत्काल सार्वजनिक गरेर नयाँ सरकार निर्माणमा सहयोग पु¥याउन आग्रह गरेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
यादवले सिंगो संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितता गराउनुपर्ने संबैधानिक प्रावधान भएको र राष्ट्रिय सभाको निर्वाचनमा महिलाको प्रतिनिधित्व कम भएमा समानुपातिक मार्फत ३३ प्रतिशत पु¥याउनुपर्ने भएकाले परिणाम सार्वजनिक गर्न केही ढिलाई भएको बताएका थिए । उनले भने,‘सिंगो संसदमा प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व ग्यारेन्टी हुनुपर्छ । मानौ, कुनै दलका महिलाले राष्ट्रिय सभा निर्वाचनमा पराजित भए भने त्यो दलले प्रतिनिधिसभाबाट त्यसको क्षतिपूर्ति गर्नुपर्छ । त्यसैले पहिला राष्ट्रिय सभाको निर्वाचन पहिला हुनु जरुरी छ ।’ ज्ञापनपत्र बुझाउन एमाले निकट युवासंघ र अनेरास्ववियु, माओवादी केन्द्र निकट वाइसिएल र अखिल (क्रान्तिकारी)का नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend