जन आकाश
शर्मिला कोइराला (प्रोफेशनल ब्यूटीसियन)
सुन्दर मुहारको चाहना कसलाई पो ह“ुदैन र तर आजकल
को प्रदूषित वातावरण, केमिकलयुक्त खाद्यान्न र मिसावटको जमानामा व्यक्ति आफू स्वयं सचेत रहनु जरुरी छ र यही प्रदुषित वातावरणले जन्माएका समस्याहरु हाम्रो शरीरको बा≈य र भित्री रुपमा समेत देखिन पुगेका छन् । हामीले अनुहारमा मह“गा–मह“गा सौन्दर्यका प्रशाधनहरुको प्रयोग गर्दैमा अनुहार राम्रो हुने अवश्य नै होइन । हामीले आङ्खनो खानामा के–के प्रयोग गरिरहेकाछौं र त्यसले हाम्रो शरीरलाई कत्तिको फाइदा पु¥याइरहेको छ भन्ने कुरा समेत बु¤नु उत्तिकै आवश्यक छ ।
अहिले मानिसहरुको अनुहारमा डण्डिफोर (पिम्पल्स) समस्या धेरैमा देख्न पाइन्छ । त्यो समस्या के कति कारणले गर्दा हाम्रो अनुहारमा देखापरिरहेको छ भन्ने कुरा हामीले बु¤न जरुरी पनि छ ।
हाम्रो छालामा सेवासियस ग्रन्थी हुन्छन् । प्रत्यक रोमकुपमा पाइने यो ग्रन्थीले सेवम भनिने एउटा चिल्लो पदार्थ निकाल्छ, यो चिल्लो पदार्थले हाम्रो छालालाई नरम बनाउछ वा सुख्खा हुनबाट जोगाउछ । सेवासियस ग्रन्थीले प्राकृतिक रुपले सेवम (चिल्लो पदार्थ) निकालिराखेमा हाम्रो छाला स्वस्थ रहन्छ तर कुनै कारणले सेवमको मात्रा बढी निस्केमा यो डण्डिफोरको कारण बन्न पुग्दछ भने थोरै निस्केमा छालामा सुक्खापन आउ“छ ।
मानिसको यौवनाबस्था सुरु हुने वेला एण्ड्रोजेन हार्मोनको मात्रा शरीरमा बढी देखिन्छ । यो हार्मोनले सेवासियस ग्रन्थीबाट निस्कने सेवमको उत्पादन बढाइ दिन्छ । छालामा चिल्लो पदार्थ बढी भए पछि वाताबरणमा भएको धुलो, धुवा“ आदि छालामा टा“सिन्छ । यदि हामीहरुले छालाको सफाइमा ध्यान दिएनँैं भ्ँन्ँे रँैंका प्वालहरु बन्द भै सेवासियस ग्रन्थीबाट सेवम बाहिर आउने बाटो बन्द भै चिल्लो पदार्थ ग्रन्थीभित्रै रहने हु“दा ग्रन्थी बढ्द जान्छ र डण्डिफोर वा राताराता पोटिला दानाहरु देखिन्छन् । यो अवस्थामा यी दानालाई हातले चलाएमा यसमा किटाणु प्रवेश गरी इन्फेक्सन भएर पीप समेत निस्कन सक्दछ । यो अवस्थामा समेत ध्यान नदिएमा वा उपचार नगरेमा क्रमशः अन्य ग्रन्थीमा समेत इन्फेक्सन भै डण्डिफोरको समूह बनि ठूलो दाग ९क्अबच० बस्न सक्दछ । यसरी उपचार नगरी हातले छुने वा निचोर्ने गरिराखेमा अनुहार नै कुरुप भएर जान्छ ।
डण्डिफोरलाई पुरानो समस्या बनाइराख्दा यसको उपचारमा पनि ठूलो समस्या आउ“छ र यो अझै जटिल बन्दछ । यसलाई हटाउ“दा निकै पीडा हुने गर्दछ र सानो तिनो सर्जरीनै गराउनुपर्ने पनि हुनसक्दछ । साथै पिम्पल्सको उपचार गर्दा धेरै विचार पु¥याउनु पर्ने हुन्छ नत्र संक्रमण हुन सक्छ । यसको लागि एन्टीसेप्टिक प्रोसेस अपनाउन जरुरी छ । जसको लागि आङ्खनो पर्शनल टावेल, पफ, साबुन छुट्टै प्रयोग गर्ने, स्कीनले ज्यादा ओइल प्रोड्युस गर्दा पिम्पल्स आउने कारणले अनुहारमा जेल बेस मोइस्चराइजरको प्रयोग गर्ने । स्कीन स्टारले सफा गरी एक्ने केयर व्रिmम प्रयोग गर्नाले छालामा आउने चिल्लो पदार्थलाई कन्ट्रोल गर्दछ । अनुहारलाई चलाउने, कोट्याउने, रगड्ने खालका कुनै काम नगर्ने । यदि घरमै अनुहारको सफाई गरिन्छ भने निम्न कुरालाई ध्यान दिन जरुरी छ ।
अनुहारलाई सफा पफको सहायताले पुछ्ने ।
थोरै जेलवेस अथवा वाटरवेस क्लीजिङ्ग मिल्को सहायताले हल्का हातका साथ औंलाको टुप्पोको माध्यमबाट गोलो गोलो गर्दै २–३ मिनेट जति एकछिन हातले रब गर्ने ।
यसपछि सफा मनतातो पानीको सहायताले राम्रोस“ग मुख धुने र नरम रुमालको सहायताले अनुहारको पानी सोस्ने ।
यति गरेर पातलो स्क्रब अनुहारमा लगाई १ मिनट जति छाडिदिने र पानीले भिजाई हल्का हातले टिप मसाज गर्दै गोलो गोलो गर्दै हटाउने (एकदम हल्का हात गर्नु जरुरी छ किनकि कहिलेकाही“ पिम्पल्स फुट्न सक्छ, स्कीन पोल्न सक्छ कडा हातले गर्दा) ।
फेरि अनुहारलाई सफा स“ग धोई सुख्खा बनाउने र अनुहारमा भएका समस्यालाई कम गर्न, पिम्पल्स सुकाउन त्यसमाथिबाट एक्ने क्रिम लगाउने । यदि कुनै पिम्पल्स फुटेर रगत आएको छ भने जहा“ रगत आएको छ त्यहा“ यो क्रिममाथि थोरै कटन लगाएर राखिदियौं भने रगत एक मिनेटमै रोकिन्छ र बा“की पुरै अनुहारमा पातलो गरी एक्ने क्रिम लगाउने । यो क्रिम पूर्ण प्राकृतिक केमिकलरहित आयूर्वेदिक उत्पादन हो । हामीले यस्तो सफाई गर्दा सकभर सा“झमा गर्दा राम्रो हुन्छ, किनकि दनभरीको धुलो ध“वा, पसिना त हामीले ङ्खयाल्नैपर्ने हुन्छ र समस्याग्रस्त अनुहारमा सादा पानीले अनुहारमा धु“दैमा सफा हुदैन । तैलिय छालामा धुलो, धुवा“ र अन्य फोहरको साथै ब्याक्टेरीया समेत टा“सिन पुग्छ ।
अनुहारमा पिम्पल रातो र हातले धेरै चलाउँदा तातो भइसकेको छ भने त्यसलाई हातले चलाउन हु“दैन यस्तो अवस्थामा खप्तड अर्गाकिको स्कीन स्टारले सफा गरी एक्ने कियर व्रिmम लगाउ“दा फाइदा गर्छ । ज्यादै अप्ठेरो अवस्था छ भने डाक्टरको सल्लाह लिनु उचित हुन्छ ।
‘खप्तड सिबक्थ्रोन हेल्थ टी’ को प्रयोग सधैं गर्ने गरेमा सौन्दर्य बढ्नको साथै अनेक स्वास्थ समस्याबाट बच्न सकिन्छ ।
साथै हामीले खानेपानीको मात्रालाई बढाउनु पर्छ । धेरै मसलादार, चिल्लो, पिरो, खानमा कमी ल्याउनुका साथसाथै फलफूलमा विशेष जोड दिनु आवश्यक छ । साथै, यस्तो अनुहारमा जेल बेश वा वाटर बेश, मोस्चराइजर क्रिम जस्ता प्रोडक्टहरुको प्रयोग गर्दा राम्रो हुन्छ ।
(लेखिका शुभ श्रृंगार ब्यूटीहोम एण्ड टे«निङ सेन्टरकी सञ्चालिका हुन्)
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend