logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डोटीमा चक्काजाम


  • जन आकाश
  • बुधबार, पुष १९ २०७४

डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा आज बुधबार बिहानैदेखि चक्का जाम भएको छ ।



आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । चक्का जामका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन् ।

राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना गर्दै आए पनि त्यसको सुनुवाई हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै चक्का जाम सुरु भएको हो । आन्दोलनकारीले ढुंगा, मुढा राखेर बाटो अबरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend