logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पार्टी एकीकरण भएरै छाड्छ ः भुसाल


  • जन आकाश
  • बुधबार, पुष १९ २०७४

भक्तपुर । नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता पम्फा भुसालले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकीकरण भएै छाड्ने र यसलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजना भएको साक्षात्कारमा उहाँले भन्नुभयो– “एकता भाँड्न विभिन्न हल्ला चलाए पनि पार्टी एकीकरण कसैले रोकिएर रोकिने छैन् ।” प्रवक्ता भुसालले पदीय भागबण्डाले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई कुनै असर नगर्ने बताउँदै “दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवाद अनुरुप नै पार्टी एकीकरण छिट्टै हुन्छ, पदीय भागबण्डाको विषयले पार्टी एकीकरणमा कुनै असर गर्दैन,” भन्नुभयो ।



पार्टी एकीकरणपश्चात् कसले सरकारको नेतृत्व गर्ने भन्ने कुरा गौण रहने बताउँदै उहाँले पछिल्लो समयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको कमजोरीका कारण पार्टी एकीकरण विषयको छलफलमा ढिलाइ भए पनि उहाँको स्वास्थ्यमा सुधार आएसँगै पार्टी एकीकरणले तीव्रता पाउने स्पष्ट पार्नुभयो । प्रवक्ता भुसालले नैतिकताका आधारमा यो सरकारले छिटो सत्ता छाड्नु पर्नेमा जोड दिदै यथाशीघ्र राष्ट्रियसभाको निर्वाचन गरी नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नुपर्ने बताउनुभयोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend