जन आकाश
सेना अलर्ट पोजिसनमा
भातृ संगठन उचाल्दै पार्टीहरू
आन्दोलनको खर्च कहाँबाट आउँछ ?
किन गराइन्छन् त्यस्ता आन्दोलन ?
जतिबेला नेपालले युगान्तकारी परिवर्तन गर्न लागेको हुन्छ त्यतिनै बेला विभिन्न खालका शक्ति केन्द्रहरू नेपालको परिवर्तनका बेला चियोचर्चा राख्दै गोप्य ढंगबाट नेपालमा चलखेल गर्न थाल्छन् के छ नेपालमा त्यस्तो ? नेपालीहरूको प्रश्न छ । नेपाल देश कहिल्यै पराधिन नभएको र कसैको दासत्व नस्वीकार्ने राष्ट्र हो । त्यसमा पनि १८१६ को सुनौती सन्धी पश्चात नेपालले बेहोर्नु परेका तितोसत्य र अप्ठ्यारोपनको यथार्थ फेरी पुनः नेपाल–भारत मैत्री सन्धी १९५० मा पनि पुनः रिनु गरेर नेपालमाथि विस्तारवादी रवैया भारतले गर्दै आएको छ । त्यो भन्दा पनि डरलाग्दो विषय नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवाई समेत भारतका नेताहरू नेपालमा आई गणेशमान सिंहको निवास च्याक्सीवारी र विपी कोइरालाको निवासबाट हिन्दीमा भाषण गर्दै आन्दोलनको इतिहासले देखाउँछ । त्यो नेपाल देशको लागि थियो कि थिएन प्रजातन्त्र स्थापना भएको ६४ वर्षमा जनताले के प्राप्त गरे त्यो यसै निर्वाचनबाट पनि अभिव्यक्त भएको छ ।
नेपालमा धेरै जति आन्दोलन बेमौसमी, नेपाली जनताको भावनाभन्दा विपरित अन्तै कर्तबाट राजनीतिक पार्टीहरूका भातृ संगठनका नामबाट कसैको नियन्त्रणमा नरहने गरी उचालिन्छन् । वहाना नपत्याउँदा खालका हुन्छन् । त्यो आन्दोलन खर्चिलो भएको हुन्छ त्यो अप्रत्यासित खर्च कहाँबाट आउँछ ? किन आउँछ त्यो आजसम्म नेपाली समाजको गर्भमा नै रहेको छ । अव यसको पनि खोजिनीति हुनुपर्छ । जनताले अन्याय, अत्याचार, महसुस गरे भने आन्दोलन गर्छन् आफ्नो अधिकारका लागि तर त्यस्तो आन्दोलन नेपालमा अहिलेसम्म भएको छैन । अरू नै कसैको बलमा अप्रत्यासित ढंगबाट उचालिएको भरमा आन्दोलन हुने गरेको छ । त्यसकारण आन्दोलनको कुनै अभिष्ट पनि देखिँदैन । साथसाथै त्यस्ता कसैले बनाइदिने, उचालि दिने आन्दोलनले नेपालको विकास निर्माण, आवात जावतमा समस्या, त्यो नक्कली आन्दोलनमा जान, हड्ताल, तोडफोडमा नेपालीहरूले समयको बर्बाद, धनजनको क्षति व्यहोर्दै आएका छन् ।
त्यसले नेपालीहरूलाई नोक्सान जसले आन्दोलन गराउन अप्रत्यासित भूमिका खेल्यो त्यस्ता माफियाहरूलाई फाइदा पुग्दै आएको छ । त्यसैको ज्वलन्त उदाहरण नेपालमा प्रजातन्त्र स्थापना पछि नेपालका राष्ट्रिय उद्योगहरू सबै बन्द भए माओवादी जनयुद्धमा हात हतियार, औषधी सबै भारतले नेपाललाई बेच्यो । नेपालका कुनै पनि उद्योग व्यापार, कलकारखाना चल्न सकेनन् सबै हामी परनिर्भर बन्न पुग्यौ । त्यो संक्रमण वा बाध्यताबाट नेपालीले संविधानसभा भाग १ भाग २ गर्दै ७ औं बर्ष पार गर्दै प्राकृतिक विपत्ति, महाभूकम्पले मानवीयता जगाएको बलमा बनेको, बनाएको संविधान कार्यान्वयन गरेर नेपालको विकास नेपालीहरूको चाहनामाथि खेलवाड गर्न भारतीय गुप्तचर संस्था ‘र’ का सदस्य केही दिनदेखी काठमाडौंमा अप्रत्यक्ष ढंगबाट आइ बसेका र हिंसा भड्काउन उद्धृत भएको हाम्रो जनआकाश सूत्रले पत्ता लगाएको छ ।
त्यसकारण कहिल्यै नेपालको हित नचाहने विस्तारवादले जस्तोसुकै षड्यन्त्र गर्न सक्ने भएको हुँदा देशको, संकटको खतरा टरी नसकेको बुझ्न सकिन्छ । त्यही सूचनाहरू प्राप्त भएर नै होला नेपाली सेना देशको परिस्थितिलाई हेरेर अलर्ट पोजिसनमा रहेको देखिन्छ ।
यसरी फेरि पनि देशलाई द्वन्दमा फसाउन खोज्ने षड्यन्त्रकारीहरू विरूद्ध सम्पूर्ण नेपालीहरूले बुझेर, चिनेर त्यस्ता षड्यन्त्र चिर्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend