logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अस्थायी राजधानी तोक्न भेटवार्ता


  • जन आकाश
  • मंगलबार, पुष २५ २०७४

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । प्रधानमन्त्री देउवा हिजो
विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको स्रोतको दाबी छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको स्वीकार गरे । भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend