जन आकाश
काठमाडौं । सुश्री भद्रकुमारी घलेको नामबाट संचालित भद्रकुमारी घेले सेवा सदनले गत पुस २९ गते भद्रकुमारी घले सेवा सदनको प्राङ्गणमा एक समारोह आयोजना गरी राष्ट्र र समाजलाई योगदान पु¥याएका विभिन्न विधाका व्यक्तित्वहरुलाई सो अवसरमा सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
सुश्री घले पूर्व मन्त्री समेत भइसकेकी व्यक्तित्व हुनुहुन्छ भने थुप्रै कृतिहरु प्रकाशन गरेर समाज र राष्ट्रको चित्रण गर्न सक्ने खुबी हुनु भएकी घलेले लेखेका कविता, कथाबाट नेपालमा हराउँदै गएको पूर्वीय सभ्यतालाई समेत टेवा पुग्ने देखिन्छ ।
संस्थापक अध्यक्ष समेत रहनु भएकी घलेले अस्पताल बनाउन चाहेको तर सरकारी निकायबाट स्वीकृत नगरिदिएर दुःख दिइराखेको समेत सम्बोधनको क्रममा बताउनुभएको थियो । साथै मेरो यो आग्रह जनअदालतमा राखेको भन्दै आफ्नो सम्बोधन टुंग्याउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend