logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौं उपत्यका निर्माण व्यवसायीहरुको विरोध ¥याली र तालाबन्दी


  • जन आकाश
  • बुधबार, माघ १० २०७४

काठमाडौं । काठमाडौं सडक डिभिजन कार्यालय क्षेत्र नंं १ मिनभवले निर्माण कम्पनीहरुले ठेक्का लिएर बनाइसकेको र बनाइरहेको कामहरुको गत असारमा नै बुझाएका बिलहरुको भुक्तानी नदिएको, सडक डिभिजन कार्यालयलाई पटक पटक व्यवसायीहरुको पाउनुपर्ने रकम यथाशक्य चाँडै उपलब्ध गराइदिन आग्रह गर्दा अत्यावश्यक बहाना बनाएर आलटाल गर्दै नेपालका निर्माण व्यवसायीहरुलाई निरुत्साहित गराउन काठमाडौं सडक डिभिजन कार्यालय मिनभवन क्षेत्र नं. १ को शंकास्पद गतिविधि भएको हुनाले निर्माण व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको निर्माण व्यवसायीसँग आबद्ध टिका सुवेदीले जानकारी गराउनुभयो ।
नेपाल भातिक संरचनाहरु नेपाली कम्पनीहरुले नै बनाउन सक्षम भइसकेको सन्दर्भमा साना टुक्रे, ठेक्काहरु समेत सरकारले गाभेर निर्माण व्यवसायीहरुलाई दुःख दिने कार्य भइरहेको प्रति काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले प्रतिक्रिया दिँदै भन्नुभयो– सुरकारले काम गरेको भुक्तानी चाहिँ समयमा नदिने र काम चाहिँ छिटोछरितो गर भनेर दबाब दिँदा हामी निर्माण व्यवसायीहरु कहाँको कुन पैसा ल्याएर काम गर्ने भन्दै आक्रोश पोखेका छन् ।
आज नै काठमाडौं उपत्का निर्माण व्यवसायीहरु नयाँ बानेश्वरमा जम्मा भई नयाँ बानेश्वरबाट ¥याली निकालेर मिनभवन सडक डिभिजन कार्यालय अगाडि काठमाडौं एकको अगाडी ताल बोकेर ताला लगाइसकेका छन् । उतापट्टी सडक डिभिजन कार्यालयमा सम्पर्क गर्दा त्यस डिभिजन कार्यालयका प्रमुख कार्यालय आइ नपुगेको जानकारी भएको छ ।
स्मरणरहोस् २०७२ को महाभूकम्प पछि छिटो छिटो भरपर्दो भौतिक संरचना निर्माण गर्नुपर्ने टड्कारो बनिरहेको बेला सरकारी तवरबाट नै यस खालका झन्झटिला र पट्यार लाग्ने भुक्तानी रोकेको विषय सार्वजनिक हुनु भनेको नेपालको निर्माण क्षेत्रको लागि सुखद समाचार मान्न सकिँदैन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend