logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कान्तिपुर यातायात संघका अध्यक्षले गरे कमाल


  • जन आकाश
  • शुक्रबार, माघ १२ २०७४

काठमाडौं । कान्तिपुर यातायात व्यवसायी संघको चौथो अधिवेशनबाट पुनः निर्वाचित अध्यक्ष हरिशरण के.सी.को नेतृत्वले निर्वाचित भएको खुशियालीमा हिजो एक भव्य कार्यक्रम गरी बसुन्धारास्थित यति पार्टी प्यालेसमा कमाल गरेका छन् । व्यवसायी र सार्वजनिक यात्रुहरुको हितको लागि सामूहिक कशम खाएर प्रतिबद्धता जनाउँदै, यातायात क्षेत्रमा माफियातन्त्रको अन्त्य गर्ने सम्मका उद्घोष गरेर हरिशरण केसी हुसले मञ्चमा बोलिरहँदा हलमा खचाखच उपस्थित यातायात व्यवसायी, यातायात व्यवसायी संघ सम्बन्धित मजदुरहरु, त्यस कार्यक्रममा प्रमुख अतिथि समेत रहेका ने.कपा. एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललगायत यातायात विज्ञ, विशेष अतिथिहरुले कान ठाडा पारेर ताली पिटिरहेका देखिन्थे ।
अर्को कमाल के भएको थियो भने सुनको तक्माले यातायात क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यो सँगसँगै खेलकुद, पत्रकारिता, व्यवसायी लगायतलाई सम्मान गरिएको थियो । सम्मान पत्रहरु पूर्व प्रधानमन्त्री माधव नेपालद्धारा प्रदान गरिएको थियो भने मायाको चिनो २०७४ को प्रदेशसभा निर्वाचनबाट निर्वाचित ने.क.पा. माओवादीका प्रदेशसभा सदस्य जगत सिंखडाले वितरण गर्नुभएको थियो ।
प्रमुख अतिथि, विशेष अतिथि र चारवटै टे«ड युनियनको हरिशरण हुसलाई समर्थन
त्यस कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले आसन्न हुन गइरहेको पाँचौ यातायात व्यवसायी महासंघको निर्वाचनमा फुर्तिलो स्मार्ट र जाँगरिलो, राष्ट्रको लागि वादरियो कराँते संघको समेत नेतृत्व गरेर अन्तर्राष्ट्रिय पदकसम्म देशलाई प्राप्त गराउन सक्ने सक्षम व्यक्तित्वलाई यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा जिताउन मेरो समर्थन, जितको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी विशेष अतिथि रहनु भएका माओवादी केन्द्रका निर्वाचित प्रदेशसभा सदस्य जगत सिंखडाले पनि राष्ट्रको लागि त्याग गर्न सक्ने राष्ट्रलाई पदक दिलाउन सक्ने र यातायात क्षेत्रमा कान्तिपुर यातायात सफल ढंगबाट नेतृत्व दिइरहेको उदाहरण र राष्ट्रिय महासंघमा लामो समयदेखि क्रियाशील हरिशरण हुसले मजदुर, व्यवसायी र प्रशासनसँग खेल्नुपर्ने भूमिका जिम्मेवारीका साथ काम गरेको हुनाले सबै व्यवसायीहरुलाई हरिशरण हुसलाई जिताउन समेत मञ्चबाट आग्रह गर्नुभएको थियो । त्यसैगरी चारवटै टे«डयुनियनका अध्यक्षहरुले पनि हरिशरण हुसले विगतमा राष्ट्रिय महासंघमा मजदुरहरुको लागि खटेर, डटेर काम गर्नु भएको हुनाले हरिशरणलाई नै टे«ड युनियनहरुले समर्थन गरेका छौं भन्दै सम्बोधन गरेका थिए । हलमा तालिको पर्रा छुटेको थियो ।
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कराँते खेल देखाइएको थियो भने कार्यक्रममा कान्तिपुर यातायातको चौथो अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीको पदस्थापनको अवसरमा भएको भएपनि नजिकिँदै गएको नेपाल यातायात राष्ट्रिय महासंघको निर्वाचन नजिक भएको हुँदा देशैभरीबाट पाल्नु भएका व्यवसायीका पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रममा घुमाउरो भाषाबाट आआफ्नो समूहको बचाउ गरेका थिए । धेरै जतिले नेपाल यातायात राष्ट्रिय महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा हरिशरण हुसलाई समर्थन गरेको थियो ।
को हुन् हरिशरण केसी ?
दोलखामा जन्मिएर हुर्किएका केसी वादरियो कराँतेकाका विद्यार्थी हुँदै प्रशिक्षक, वादरियो कराँते संघको संस्थापक सदस्य, त्यसपछि उपाध्यक्ष र वर्तमान अध्यक्ष, साउथ एसिया वादरियो कराँते महासंघको अध्यक्ष, नेपाल कराँते महासंघको महासचिव जस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय संघको महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेका व्यक्तित्व र ब्ल्याकबेल्टमा पाँचौ डान प्राप्त गरेका नेपाल देशको खेलाडी साथै कान्तिपुर यातायात व्यवसायी संघको अध्यक्ष, नेपाल यातायात राष्ट्रिय महासंघको केन्द्रीय सदस्य एक कार्यकाल, सचिव एक कार्यकाल, उपमहासचिव एक कार्यकाल, वर्तमान उपाध्यक्ष, पाँचौ महाधिवेशनको वरिष्ठ उपाध्यक्षको प्रत्यासी रहेका हरिशरण केसी (हुस) व्यवसायीभन्दा पनि आफ्नो सम्पूर्ण जीवन देश र समाजको अशल विकासको लागि उनको कामले देखाउँछ । हरिशरण हुसलाई हाम्रो पनि शुभकामना ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend