जन आकाश
PLA (People Liberation Army) of Maoist during the training at Kami Danda of Kavre district on Sunday. After ceasefire they were busy in training. Post photo/ Chandra Shekhar Karki./Kantipur.
मोहन कार्की
उठ्न खोज्दैछ देश लुछ्न खोज्दैछन् गिद्धहरु
शान्ति चाहन्छन् जनता भड्काउँदैछन् नेताहरु
राष्ट्रिय एकता भत्काउँदैछन् देशलाई पराधिन बनाउन
आजसम्म त चुप लागेर बस्यौँ उठ्न पर्ने भयो देशको रक्षा गर्न ।
हो हाम्रो देश नेपाल सुन्दर शान्त विशाल पूर्वमा टिष्टा पुगेथ्यौं पश्चिम किल्ला काँगडा, कुन शक्तिको सामुमा कहिल्यै हामी झुकेथ्यौं यो बाणि हाम्रो देशको देशभक्त कविले त्यत्तिकै रचना गरेका होइनन् । हाम्रो पुर्खाले नेपाल राष्ट्रको कणकण माटोसँग पसिना, रगत र पौरख भिजाएर मिसाएर स्वतन्त्र सार्वभौम स्वाभिमानी बनाएकै कारण त्यो पसिना, पौरख, त्याग तपस्याको तथ्यबाट प्राप्त राष्ट्रिय गान प्रष्फुटित भएको थियो । आज २०७४ माघ ९ गतेसम्म आइपुग्दा परिवर्तन नै परिवर्तनको नाममा नेपालको अस्तित्वलाई नेपाली स्वाभिमानलाई आघात पार्ने खालका सम्झौताहरु पटक पटक नेपालीहरुलाई झुक्याएर नेपाली खोल ओढेका नेता भनाउँदाहरुले राजनीतिक पार्टीका खोलभित्र, लोकतन्त्र प्रजातन्त्र, गणतन्त्र के के वाद र सिद्धान्तको पगरि देखाएर भित्रभित्रै हिटलरले ग्यास च्याम्बरमा यहुदीहरुलाई खरानी पारे झै बहुदल नामको र त्यही बहुदलसँग जोडिन आएको के के वाद र तन्त्रहरुले नेपालीहरुको स्वाभिमानलाई जिउँदै खरानी पार्न भूमिका खेलेको देखिँदै आयो । जनताले खबरदारी गरे, हामी सच्चिन्छौं भने जनताले माफ गरिदिए । तिनै प्रबृत्ति, पात्र, चरित्र भएका ब्वाँसाहरुले नेपालीहरुको पौरखको पसिना चुस्न, देशभक्त राट्रवादीहरुको वध गरेर रगत पिउन कहिल्यै बाँकी राखेनन्, राष्ट्रिय अस्तित्वसँग जोडिएको प्राकृतिक स्रोत, भौगर्भिक उत्खनन, राष्ट्रको भूगोललाई समेत सम्झौता गरेर स्वतन्त्र नेपालभित्र नै नेपालीहरुलाई दास बनाउने र विदेशीहरुको गोटी बनेर राजनीतिक नामको पार्टीको नेता हुँ भन्दै आफ्नै स्वार्थशिद्ध गर्न जस्तोसुकै माग, मुद्धा उचालेर कर्ममा विश्वास गर्ने नेपालीहरुको स्वाभिमानी बानीलाई विगार्न आन्दोलन, जुसुस, धर्ना, तोडफोड, आगजनी जस्ता घृणित कार्यमा लगाउँदै, कहिले जातिको नाममा, कहिले भाषाको नाममा, कहिले भूगोलको नाममा अरु नै कसैले बनाइदिएको योजना बोकेर नेपाल देशलाई कमजोर बनाउँदै आएका छन् । त्यति गर्दा समेत नेपाली राष्ट्रिय एकता धार्मिक सहिष्णुता कहिल्यै डगमगाएन । कतिसम्म गरे भने नेपाल देशलाई साम्प्रदायिक फैलाउन हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथमा गाई काटेर फ्क्याने, मुस्लिमहरुको मस्जिदमा सुँगुर काटेर फ्याक्ने सम्मका षड्यन्त्र सम्म गरे तर नेपालीहरुले त्यो षड्यन्त्रलाई चिर्न सबै जातजाति भाषाभाषी सद्भाव ¥याली निकालेर राष्ट्रिय एकता बलियो भएको सन्देश विश्वसामु देखाइदिए नेपाल देशलाई तहसनहस बनाउन खोज्ने षड्यन्त्रकारीको योजना नेपालीहरुले असफल पारिदिए ।
जबजब नेपाल देशको राष्ट्रियतामाथि खतरा आइपर्छ त्यतिबेला नेपालीहरुको एकता एकढिक्का भएर उभिदै आएको छ । तैपनि नवषड्यन्त्रकारीहरु नेपाल देशलाई फेरि द्वन्दमा फसाउन विभिन्न खालका योजना लिएर कहिल्य पहाडमा, कहिले हिमालमा त कहिले तराइमा जातीय द्वेष फैलाउन उद्धत हुँदै आएको छ भने त्यही सेरोफेरोमा अधिकारको नाममा तराइबाट विस्तारै नेपालीको अस्तित्व माथि खेलवाड गर्न प्रयास गर्दैछ । २०७२ को महाभूकम्प पछि उत्पन्न मानवीय संकटको बेलामा समेत तरार्य आन्दोलनको नाममा २०७२ संविधानको विषयलाई लिएर गरेको नाकाबन्दी कसको निर्देशनमा, योजनामा भएको हो नेपालीहरुले विशेषत तराइमा रहेका नेपालीहरुले शहर र हिमाल पहाडमा रहेका नेपालीलाई अत्यावश्यक तेल, खाद्यान्न अभाव पर्दा तराइका जनताले हिमाली र पहाडी नेपालीहरुप्रति देखाएको समर्थन र ती नाकाबन्दी लगाउनेहरुप्रतिको तराइको जनताको आक्रोश र सबै नेपालीको एकताले त्यस्ता कठिन अवस्थाहरु पनि पार गरेर विदेशी गोटीहरुलाई नेपालीहरुले झापड हान्दै आए । नाकाबन्दी जस्तो कठिन मृत्यु वा विजयको महान अभियानमा सबै नेपालीहरु एक भई उभिए पछि विदेशी गोटीहरुलाई राजनीतिक नामका थोत्रा वाद, तन्त्र, सिद्धान्त देखाएर जनतालाई दास बनाउने खेती उदांगो भयो र जनताले ति राजनीतिका खोल ओढेकाहरुलाई जनताले खबरदार गरे जनतको एकता देखेर ति झुटका खेती गर्नेहरु लुसुक्क मुसा दुलोमा लुके जसरी लुक्न थाले फेरि जनताहरु आआफ्नो क्षेत्रमा लाग्न थाले र अर्को विकल्प खोज्दै बाहना बनाउँदै नेपालको मेरुदण्ड खोज्दै कहाँ प्रहार ग¥यो भने नेपाल कमजोर हुन्छ भनेर पुनः सलबलाउँदै गयो तर पनि नेपालीहरुले त्यस्ता अनेक षड्यन्त्रहरुलाई परास्त गर्दै आए तर २००७ साल देखिका पात्र, प्रबृत्ति, चरित्र एउटै बोकेर पटक पटक देश जुरुक्क उठ्न खोज्छ, ति गिद्दे प्रबृत्ति भएका पात्रहरुले देशलाई लुछेको लुछ्यै गरेर उठ्न दिँदैनन् ।
परिवर्तनको नाममा नेपालीलाई नेपाल भित्रनै अल्पमतमा पार्न नागरिकता विधेयक, नेपालको उब्जाउ भूमि डुबाउन कोशी, गण्डकी, महाकाली सम्झौता हुँदै माथिल्लो कोशी, अरुण तेश्रो, माथिल्लो कर्णाली सम्झौता गर्दै देश अर्ध उपनिवेश अवस्थामा भौतिक रुपमा पु¥याएको र राजनीतिक रुपमा स्थानीय अधिकारको नाममा नेपालका सभासदहरुले हिन्दी भाषामा शपथ खाँदै सांसद भवन छिरेर भोलि राष्ट्रिय अस्तित्वलाई समेत विखण्डन गर्ने नियतले केही नयाँ गिद्धहरु उही पूराना गोटीहरुको समूहमा मिसिएर सिंहदरबार छिर्न आउँदैछन् ।
त्यस्ता देश विरोधी तत्वहरुलाई रोक्न नेपालीहरु उठ्नुपर्ने बेला आएको देखिन्छ त्यसकारण देशको रक्षा गर्नु स्वतन्त्र नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा देशलाई बचाइ राख्नु आजका नेपालीहरुको महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बेला आएको छ । हिजोसम्म त सबै एकढिक्का भएर बेला बेलामा राष्ट्रियताको लागि सजग र सतर्क मात्र गराएँदै आएका नेपालीहरुले अव चुप लागेर सजग र सतर्क मात्र होइन देशलाई जुरुक्क उठाउन आफ्नो देशका सीमा स्तम्भहरु सुरक्षित गर्न धार्मिक सहिष्णुता कायम गर्न, सबै जातजातिको अधिकार सुरक्षित गर्न नेपाली संस्कृतिको संरक्षण गर्न, विदेशी भाषालाई राष्ट्रिय भाषामा मिसाएर हाम्रो अस्तित्वमाथि खेलवाड गर्नेहरुलाई परास्त गर्न नेपाली माटोको कणकणमा जसरी हाम्रा पुर्खाहरुले पसिना बगाएर देशका लागि रगत पोखेर बैरीको छाति रोपेका थिए र नेपालका हामी भावी सन्तानको लागि स्वाभिमानी शिर उज्यालो अटल रहने गरी योगदान गरेका थिए त्यसैगरी राष्ट्रिय भावनाले ओतप्रोत भएको व्यक्तिले मात्र देश, विकास, उन्नति प्रगतिको बारेमा सोच्न सक्छ । योजना बनाउन भन्ने राष्ट्रिय नीतिमा आधारित कार्यमा जुट्ने बेला आएको छ । आउ सबै नेपालीहरु हात मिलाउ, नेपाल माथि गिद्देदृष्टि राख्नेलाई तह लगाउ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend