logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लायन्स मल्टिपल फेस्टिभल मोटर ¥याली हुने


  • जन आकाश
  • बुधबार, फाल्गुन २ २०७४

काठमाडौं –



काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर ¥याली आयोजना गरिने भएको छ । भोलि फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने ¥यालीमा १ सय १ कारको सहभागिता रहने छ ।
काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने ¥याली बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्ने छ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ ए१, ए२, बी१ र बी२ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा उक्त ¥यालीको आयोजना हुने भएको हो ।
लायन्स मल्टिपल काउन्सिल चेयरम्यान बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा मोटर ¥याली प्रारम्भ हुनेछ । लायन्स फेस्टिभललाई सहयोग पुगोस् भन्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको हो । यसबाट सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश समेत प्रवाहित हुने ¥याली संयोजक तथा ३२५ ए१ का रिजन चेयरपर्सन किशोर भट्टराईले बताए ।
एउटा कारमा बढीमा ४ जना सहभागी हुनेछन् । लक्की ड्रमार्फत ¥यालीमा सहभागीहरु मध्येबाट टर्किस एयरलाइन्सले अमेरिका भ्रमणको अफर उपलब्ध गराउने भएको छ ।
बिराटनगरमा हुने कार्यक्रममा हाजिरी जवाफ, फुटवल प्रतियोगिता, भलिबल प्रतोयोगिता, टग अफ वार, ब्याडमिन्टन प्रतियोगिता, चेस प्रतियोगिता आदि आयोजना हुनेछ । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ ।
लायन्सले सन् २०१७–२०१८ लाई सेन्टेनियल इयरको रुपमा मनाउदै छ । सोही अवसरमा १ सय १ कार सहितको ¥याली आयोजना गरिएको ¥यालीका प्राविधिक संयोजक तथा डिष्ट्रिक्ट ३२५ ए१ का जोन चेयरपर्सन मधुसूदन सिग्देलले बताए ।
लायन्सका लागि बिराटनगर ऐतिहासिक स्थल समेत हो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा बिराटनगरबाटै नेपालमा लायन्सको स्थापना भएको थियो । यसकारण पनि यस पटकको लायन्स मल्टिपल फेस्टिभल विशेष महत्वको रहेको लायन्सहरुको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend