जन आकाश
काठमाडौं । ने.क.पा. एमालेका अध्यक्ष के.पी. शर्मा ओली पुनः दोस्रो पटक नेपालको प्रधानमन्त्री पदमा वहाली हुनुभएको छ । यो भन्दा अगाडी माहाभूकम्पको माहासंकट देशले व्यहोरी रहँदा प्रधानमन्त्री हुनुभएका ओलीको प्रधानमन्त्री काल निक्कै कठिनपूर्ण रहेको थियो । नयाँ संविधान जारी गरेको विषयलाई लिएर छिमेकी राष्ट्र भारतले गरेको नाकाबन्दीले चरम जनतामा सकंट उत्पन्न हुँदा जनताले उनलाई दिएको साथ, समर्थन र जनताले स्वतन्त्र राष्ट्र नेपाल प्रति देखाएको साहास देशभक्तिपूर्ण भावनाले ओतप्रोत नेपालीहरुको आवाज प्रति नचाहँदा नचाहँदै पनि के.पी शर्मा ओलीले समर्थन गर्न वाध्य भएको देखिएको हो ।
जनताको अगाडी जस्तो सुकै शक्तिशाली साशक नियन्त्रण हुन्छ भन्ने उदाहरण त्यस बेलाको नेपालीहरुमा उठेको देशभक्तिपूर्ण आवाज एकता र वीर नेपालीका सन्तानले देखाएको दृढताबाट पुष्टि गरेको थियो । त्यसपछि कुनैबेला भारत परस्तभनेर प्रचारमा आउने के.पी. शर्मा २०७३ मा चीनसँग गरेको १० बुँदे पारवहन सम्झौता र चिनियाँसँगको सम्बन्धलाई बढाएपछि नेपालमा भारत विरोधी मानसिकता बढिरहेको बेला चीनसँग पेट्रोलियम पदार्थ आयात गर्न सम्झौता गरेबाट नेपाली जनताको समर्थन जित्न सफल भएका थिए । ओलीको प्रधानमन्त्री कालमा तुइन विस्थापन, हावाबाट बिजुली, घरघरमा ग्याँसको पाइप समुन्द्रमा नेपालको राष्ट्रिय झण्डा अङ्कीत पानी जाहाज सञ्चालन गर्ने सम्मका योजनाहरु प्रस्तुत भएका थिए । त्यतिबेला प्रधानमन्त्री बनाउन ने.क.पा माओवादी केन्द्रको समर्थन रहेको थियो भने त्यही पार्टी माओवादी केन्द्रले भद्र सहमति कार्यावन्यन नभएको भनेर समर्थन फिर्ता गरेर के.पी शर्मा ओलीको सरकार ढालेको थियो । त्यही माओवादी केन्द्र आज चुनावी तालमेल गर्दै पार्टी एकीकरणसम्मको चर्चा र प्रचार गरिरहेको देखिन्छ । यो पार्टी एकता र विशेषत प्रचण्ड जस्ता धु्रर्तको चित्त बुझाएर सरकार चलाउनु नै ओलीको लागि निक्कै चुनौति छ भने अर्काेतर्फ दुई कम्युनिष्ट पार्टी भनिएका ने.क.पा. एमाले र ने.क.पा माओवादी केन्द्रलाई जनताले दिएको जनमतलाई नगुमाउनको लागि पनि यो भन्दा अगाडी भए गरेका ४१ औं प्रधानमन्त्रीहरु भन्दा उदारणीय बनेर विकास निर्माणका जनमुखी समावेशी सिद्धान्तमा आधारित काम गर्नु पर्नेछ । अर्को चीनसँग गरेका सम्झौताहरुलाई फ्रेमवर्कमा कार्यान्वयन गर्नु पनि उत्तिकै चुनौति रहेको छ ।
अहिले देश ७ वटा प्रदेशमा विकेन्द्रीकृत गरी संघीय प्रणाली लागु गर्नको लागि संघहरु निर्माण गरिएका छन् ति निर्माण गरिएका संघका राजधानीको विषय नै विवादमा छन् त्यो विवाद मिलाउन दुई तिहाई बहुमत सदनबाट पु¥याएर सबैलाई मान्य हुने गरी काम गर्नुपर्ने चुनौती छदैछ । यदि त्यो मात्र सावधान गर्न नसके मात्रै पनि देशमा अर्काे महासग्रम निम्तिन सक्ने सहजै अनुमान गर्न सकिन्छ भने २०७२ सालमा भारतसँग चिनिएको सम्बन्धका कारण कुनैपनि बेला फेरी त्यस्तै नाकाबन्दी सम्मको अवस्था सृर्जना नहोला भन्न सकिदै त्यकारण कुटनीतिक रुपमा अस्त व्यस्त जस्तै देखिएको प्रतिरक्षा प्रणाली, अनुसन्धान र चुस्त सूचना प्रणाली लागू गरेर परराष्ट्र नीतिमा सुधार गर्नुपर्ने चुनौति पनि ओलीले सामना गर्नुपर्ने देखिन्छ ।
हुन त थुप्रै चुनौती र संघर्ष व्यहोरेर राजनीतिक यात्रामा निरन्तर लागिरहेका ओलिले २०२८ सालको झापा विद्रोह प्रजातन्त्रको लागि जनआन्दोलनको संघर्ष १४ वर्षे जेलजीवन पार्टी भित्र नै आन्तरिक गुटबन्दीका सर्घषमा समेत चुनौतीको सामना गर्दै आएका ओलीलाई यतिबेला देशले भोगिरहेको महाभुकम्पको भग्नावशेष निर्माण ५० लाख भन्दा बढी युवाहरु विदेशमा रोजगारी गरिरहेकाहरुलाई देशमा फर्काइ देशभित्र गर्नुपर्ने व्यवस्थापन, कृषि प्रधान देश भने पनि विगतमा उब्जाउ गरिरहेका खेतबारीहरु आज बाँझोमा परिणत भइराखेको किसानको राष्ट्रिय समस्यालाई समाधान गर्न राष्ट्रिय कृषि नीति, नेपाल आफैले बनाउनु पर्ने राष्ट्रिय योजनाहरु जस्तै बुढी गण्डकी जलविद्युत आयोजना खोकना नीजगढ फाष्ट ट्रयाक नीजगढ अन्तराष्ट्रिय विमानस्थल निमाण, नेपालको प्रतिरक्षा प्रणाली विकाश गर्न प्रविधिको विकास गर्न स्ट्टलाइटको व्यवस्था ओलीको कार्यकालमा भइसक्नुपर्ने हुन्छ भने देशका कुना कुनामा यातायातको सुविधा जहाँ धुलो र हिलोले पीडित जनताको समस्यालाई व्यवस्थित गर्न वातावरणीय सडकको निर्माण र अव्यवस्थित रहेको नेपालको बसोबासलाई व्यवस्थित बस्तीमा परिणत गरी सुविधायुक्त समाज निर्माण गर्नुपर्ने कामहरु वर्ग्रल्ती देखिन्छ ।
यसरी सिंगो देशको विकास गर्न तल्लीन रहनुपर्ने बेला विपक्षी अर्थात प्रजातान्त्रिक समुह भनेका नेपाली कागं्रेस लगायतलाई अन्तराष्ट्रिय शक्तिको आड भरोसा रहदा अन्तराष्ट्रिय असहयोगको सामना पनि गर्नुपर्ने देखिन्छ । यि जे–जे समस्या आएपनि हाम्रो देश बनाउने हामी नेपालीले हो र नेपालीको चाहना र जागर उत्साहलाई मर्न नदिइकन जनताको जनमत जनताको आवाजलाई प्राथमिकतामा राखेर देश निर्माणमा चुनौतिलाई अवसर मानेर काम गरेको खण्डमा नेपालले पनि फडको मार्न सक्छ गणतन्त्र स्थापना पछि जनजिब्रोमा झुण्डिराखेको समृद्धि हाम्रो पालामा हुन सक्छ त्यो परिक्षाको घडीमा छ । पास फेल रिजल्ट आएपछि थाहा हुन्छ त्यतिन्जेलको लागि देशका जनता प्रतिक्षा गर्नेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend