जन आकाश
काठमाडौं । सिन्धुपाल्चोक पाङग्रेटार–९ हालको सुनकोशी गाउँपालिकामा जन्मनु भएका रामहरि कार्कीको यात्रा सिन्धुपाल्चोकको जाल्पा मा.वि.बाट एस.एल.सी. उत्तीर्ण गरिसकेपछि शुरु भएको हो । सानै उमेरदेखि मेहनती, इमानदार र लगनशील भएर काम गर्ने स्वभाव भएकै कारण काठमाडौं आएर पनि पिपुल्स कलेजबाट आइए पास गरेर विजनेशको यात्रा शुरु गरेका कार्कीले चार्टर विजनेस प्रा.लि. सञ्चालन गरी सफल व्यवसायीको रुपमा उभ्याउनु भएको छ ।
कार्कीको यात्रा शिक्षा आर्जन मात्र नभएर व्यवसाय गर्ने र सामाजिक क्षेत्रमा समेत काम गर्ने उद्देश्य लिएर विभिन्न संघ संस्थामा आबद्ध भई काम गर्दै आउनु भएको छ । त्यसमध्ये हिमालय सिमापार बाणिज्य संघको संस्थापक सदस्यको जिम्मेवारीमा रहेर व्यवसायीका हकहितमा निरन्तर काम गर्दै आउनु भएका कार्कीलाई झण्डै २ हजारको संख्या सदस्य रहेको हिमालय सिमापार बाणिज्य संघमा नचिन्ने कमै मात्र व्यवसायी छन् । त्यही लोकप्रियता, व्यवसायीको आत्मीयताले गर्दा १८ औं अधिवेशनबाट हिमालय सिमापार बाणिज्य संघमा प्रथम उपाध्यक्षको रुपमा अत्याधिक मत ल्याई विजय हुन सफल भएको बताउनु हुन्छ । र विजयपश्चात सबै व्यवसायीहरुलाई मत दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्दछु हाम्रो भेटमा भन्नु भएको छ । मेहनत गरे के हुँदोरहेनछ भन्ने उदाहरण रामहरी कार्कीबाट नयाँ व्यवसायीले सिक्न जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend