जन आकाश
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गर्ने योजनाकार भनिएका मनोज पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको गोवाबाट पक्राउ गरेको जानकारी प्राप्त भएको छ र अभियुक्त मनोज पुनलाई अनुसन्धान ब्यरोको टोलिले नेपाल ल्याइरहेको जानकारी आएको छ । उक्त खबर नेपाल निर्माण व्यवसायी बीट हेर्ने जन आकाश प्रतिनिधले जानकारी दिएका हुन् ।
स्मरणीय कुरा के छ भने यो भन्दा अगाडी नै सरद कुमार गौचमको हत्याको आरोपमा संलग्न झण्डै एक दर्जन भन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेका छन् भने मुख्य अभियुक्तको खोजिमा रहेको प्रहरी प्रशासनले ढिलै भएपनि सफलता हासिल गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend