logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कोटेश्वर पूर्व र अरनिको समन्वयको पहलमा भव्य कार्यक्रम


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ११ २०७४

काठमाडौं । गएको बुधबार भक्तपुर सल्लाघारीस्थित नमस्ते व्याङक्यूटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिने उद्देश्यले भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको आयोजना कोटेश्वर पूर्व समन्वय समिति र अरनिको राजमार्ग यातायात समन्वय समितिको संयुक्त रुपमा आयोजना गरिएको थियो । जसमा महत्वपूर्ण भूमिका कोटेश्वरपूर्व यातायात समन्वयसमितिका अध्यक्ष बलराम त्वानावसु र अरनिको राजमार्ग यातायात समन्वय समितिका अध्यक्ष रमेश वैद्यको अगुवाइमा उक्त कार्यक्रम सफल भएको हो ।
कार्यक्रमको सञ्चालन प्रकाश कायस्थले उद्घोषण शुरु गरेसँगै भक्तपुरको नेवारी संस्कृति अनुसार बाँसुरीको धुनसँगै शुरु भएको र कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले पाँचैवटा दियोमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गर्नुभएका बलराम त्वानावसुले निर्वाचित पदाधिकारीहरुलाई र आमन्त्रित विज्ञ, व्यक्तित्वहरुलाई माला लगायत सम्मानका सामग्रीले स्वागत गर्नुभएको थियो । झण्डै ३ घण्टासम्म चलेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आआफ्नो धारणा राखेका थिए ।
जसमा नवनिर्वाचित अध्यक्षले बोल्ने भन्दा पनि म काम गरेर देखाउनको लागि तपाइहरुले मलाई जिताउनु भएको हो । अर्का वैज्ञानिक भाडादरको कुरा सरकारसँग छलफल गरेर अगाडी बढाउने धारणा राख्दै आयोजक टिमलाई धन्यवाद दिनुभएको थियो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरिशरण केसी (हुस)ले यातायात क्षेत्रमा भईरहेको माफियातन्त्र हटाउने उद्घोष गर्नुभएको थियो भने उपाध्यक्ष ऐन कुमार साईले बीमा र भाडाको समस्या जोडदार रुपले उठाउनु पर्ने धारणा राख्नुभयो भने उपाध्यक्ष पुष्पा श्रेष्ठले यातायत क्षेत्रमा नआत्तीइ नहतारिकन व्यवस्थित भएर काम गर्नुपर्ने धारणा राख्दै सबै व्यवसायीलाई आग्रह गर्नुभयो भने पुनः महासचिवमा निर्वाचित पून्यप्रसाद सिटौलाले नवनिर्वाचित अध्यक्षलाई लक्कीको उपमा दिँदै स्थायी सरकार भएको बेला यातायातमा धेरै समस्या समाधान गर्न सकिन्छ भन्ने धारणा राखेका थिए भने स्वागत मन्तव्य रमेश वैद्यले गर्नुभएको थियो । भक्तपुर मिनिवस सेवा समितिका अध्यक्षले पनि स्वागत भाषण गर्दै साझा बससँग प्रतिस्पर्धा गर्न क्वालिटी बढाएका कारण सजिलो भएको औंल्याएका थिए । शुभकामना मन्तव्य दिँदै उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले उद्योग बाणिज्य महासंघ र यातायात व्यवसायीबीचको अविश्वासलाई अन्त्य गरेर यही नेतृत्वले काम गर्न सक्छ त्यसको वातावरण मिलाई रहेको जानकारी दिँदै नवनिर्वाचित हुनु भएका पदाधिकारीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन बलराम त्वानावशुले समापन भएको घोषणा गर्दै रात्रिभोजको भव्य व्यवस्थापन रहेको जानकारी दिनुभएको थियो र राति अबरेसम्म व्यवसायी पदाधिकारीहरु रमाइरहेको देखिन्थ्यो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend