जन आकाश
मन्टेश्वरी, किन्डर गार्डेन, चाइल्ड केयर सेन्टर लगायतका प्रि स्कूलहरुको छाता संगठन अपेनले सिरियामा जारी नरसंहार तथा बालकालिकाहरुमाथि भईरहेको बर्बता रोक्न अन्तराष्ट्रिय जगतलाई अपील गरेको छ । राजधानीमा बृहत् शान्ति ¥याली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी अपेनले बालबालिका शान्ति क्षेत्र भएको भन्दै सिरियामा बालकालिकाहरुमाथिको नरसंहारको विरोध गरेको हो । सिरियामा जारि नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्धारा पारित युद्धविरामको प्रस्तावलाई तत्काल लागु गर्न र बालबालिका माथिको अत्याचार, बालअधिकारको हनन, निर्दोष बालबालिका माथि भइरहेको बर्बरतापूर्ण हत्याको श्रृंखलाको विरोध स्वरुप शान्ति –याली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको अपेन काठमाण्डौ जिल्ला सचिव हरीश डिसीले जानकारी दिए ।
–याली पछि आयोजित सभालाई सम्बोधन गर्दै अपेनका केन्दि«य अध्यक्ष बद«ी प्रसाद दाहालले शक्ति राष्ट्रहरुको उन्माद, ज्यादती र राष्ट्रसंघको प्रभावहिनताका कारण निर्दाेष नागरिक तथा बालबालिकाहरुले अकालमै ज्यान गुमाईरहेको भन्दै समग्र विश्व जगतको ध्यान यसमा जानुपर्नेमा जोड दिए । साथै अध्यक्ष दाहालले सिरिया लगायत बिश्वका कुनै पनि ठाउँमा यस्ता गतिविधि हुन नहुने तथा अपेन बालबालिकाकै क्षेत्रमा काम गर्ने संस्था भएकाले बालबालिका तथा समग्र मानवताविरोधि गतिविधिको अपेनले खुलेरै विरोध गर्ने र यस्ता अभियान जारी रहने स्पष्ट पारे ।
बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिकामाथि हुने हिंसा अन्त्य गरौ, विश्वमा शान्ति कायम गरौँ भन्ने प्ले कार्ड व्यानर बोकिएका सन्देशहरु सहित –याली भृकुटी मण्डपबाट शुरु भई माइतिघर मण्डालामा दीप प्रज्वलन गर्दै सम्पन्न भएको कार्यक्रममा काठमाण्डौ उपत्यकाका झण्डौ पाँच सय बढी मन्टेश्वरी, किन्डर गार्डेन, चाइल्ड केयर सेन्टर तथा प्रि स्कूलहरुका सयौ शिक्षक कर्मचारीको सहभागीता रहेको थियो ।
एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) विधिवत रुपमा दर्ता भई देशैभरि छरिएर रहेका पूर्व–प्राथमिक विद्यालय तथा सम्बद्ध शिक्षाकर्मीहरुलाई एकाकार गर्दै मन्टेश्वरी तथा किन्डरगार्डन लगायतका पूर्व–प्राथमिक विद्यालयहरुको हक–हित तथा लगानीको सुरक्षालाई प्रत्याभूत गर्दै यस क्षेत्रमा आवद्ध शिक्षाकर्मीहरुको समेत आवद्धता र पेशागत विकासलाई प्राथमिकतामा राख्दै स्थापना गरिएको छाता सङ्गठन हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend