जन आकाश
हिजो शनिबार टुँडिखेलको खुल्ला मैदानमा झण्डै लाखौं नेपालीहरु जम्मा भई बुद्धको सारसत्ववाणी धम्मपद एकैसाथ सबै नेपालीले वाचन गरेर विश्व किर्तिमान कायम गरेका छन् । सबै नेपालीलाई एक ठाउँमा ल्याई सिष्ट, सभ्य भएर खुल्ला मैदानमा अनुशासित बनाई धुलो, तातो घाम लागिरहँदा पनि नेपाल राष्ट्रको गौरवको लागि व्यवस्थित बनाएर त्यो अवसर विश्व किर्तिमान परिषद्को प्रयासमा सफल भएको हो ।
लाग्थ्यो त्यो क्षण संसारमा स्वर्ग भनेकै नेपाल हो जहाँ २५ सय बर्ष भन्दा अगाडी बुद्धत्वको दर्शन मानवताका लागि अमृतबुटी रुपमा मानिसहरुले अनुशरण गरेको जानकारी त्यहाँ दिइएको थियो । त्यो मैदानमा कुनै पनि मानिसहरुको मुहारमा दुःखको भाव थिएन सायद नेपालीहरुको २५ सयवर्ष पछाडि साधना गरेर नै बुद्धत्व ज्ञान नेपालीहरुमा पुनः प्रकट हुन थालेको हुनुपर्छ । कार्यक्रम किर्तिमानी कायम गर्न काफी छँदैथियो । कार्यक्रमको रेकर्ड राख्न टुँलिखेलको आकाशमा आधुनिक रोवर्ड घुमिरहेका थिए । त्यो आधुनिक रोवर्ड भन्दा शान्तिको प्रतिक परेवाका जोडिहरु प्राकृतिक रुपमा नै लाखौं मानिसहरुका केही माथिबाट शान्तिको सन्देश बोकेर मानिसभन्दा पनि परेवा अझै खुशी देखिन्थे । ति परेवाहरुले सोचेका हुन सक्छन् । सिरियामा मरिरहेका बालबालिका, बृद्धाबृद्धहरुमाथि भइरहेको मानव हत्या, हिंसा नेपालको शान्तिभूमिबाट एकै स्वरमा धम्मपद पढ्दा त्यसको तरङले त्यहाँ हिंसारत सबैपक्षको आत्ममा मानव कल्याण सोच्न त्यो सन्देश बोकेर विश्वलाई पु¥याउन पाउँदा परेवाहरुका जोडि अत्यन्तै खुशी भएका होलान् । यसरी परेवालगायत नेपालका पशुपंक्षीले त बुद्धको जन्मभूमि विश्वको शान्तिदूत गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको हो र विश्वलाई अप्ठ्यारो पर्दा शान्तिको सन्देश नेपालबाट हुनुपर्छ भन्ने धेरै जति उपस्थित मानिसहरुको एउटै स्वर रहेको थियो । त्यहाँ कुनै धनी, गरिब, उचनिच, जातपात केही पनि थिएन मात्र नेपाल र नेपालीको एउटै स्वर बुद्ध नेपालमा जन्मेका हुन् विश्वको शान्ति क्षेत्र नेपाल हो । नेपालको पहरा, झर्ना, खोला, नदी, फाँट हिमाल, तराई विभिन्न प्रकारका प्राकृतिक रुपमा पूmल फुलेर मानिसलाई आनन्द दिने देश नेपाल हो ।
यतिधेरै आनन्द, स्रोतको धनी, नेपालमा व्यवस्थापनको कमीले केही कमजोरी पनि छन् । तर विश्वको अगाडि कहिल्यै शिर नझुकाउने सगरमाथाको देश सगरमाथाको जस्तै अटल, अडिग रहने स्वाभिमानी नेपालीहरु मानवता र देशको लागि एकढिक्का हुन्छन् भन्ने सन्देश त्यस कार्यक्रमबाट प्रमाणित भएको छ ।
कार्यक्रममा नेपाली मूलका प्रख्यात पत्रकार रवि लामिछाने, गिनिज बुक रेकर्डर तथा विश्व किर्तिमानका अध्यक्ष समेत रहेका दिपक बजगाई, नेपालका चर्चित हस्य कलाकार मनोज गजुरल, मुन्द्रे, लोक गायिका राधिका हमाललगायतको उपस्थिति साथै प्रमुख अतिथि समेत रहनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पूर्व संस्कृति तथा पर्यटनमन्त्री त्यस कार्यक्रममा प्रमुख सल्लाहकार समेत भएर काम गरेको देखिएको थियो । कार्यक्रम अवधिभर शान्त, सिष्ट, अनुशासित र मर्यादित भएर सबै नेपालीले आफ्नो देशको प्रतिष्ठाको लागि भोक, प्यास, निद्रा, आराम केही कुनै कतै केही नसोचि एकाग्र भएर सफल बनाएका थिए ।
कार्यक्रमको सभापतित्व समेत गर्नुभएका विश्व किर्तिमानी परिषद्की उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले संस्थाको तर्फबाट कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै नेपालीहरुलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रम विहान ९ बजेबाट शुरु भई बेलका ४ बजेमात्र सकिएको थियो ।
प्रकाशनको धारणा
नेपाल देशमा नेपाली नागरिकहरु कहिल्यै पनि आफ्नो देश, प्रतिष्ठा कहिल्यै विर्सिदैन् तर नेपालका नीति, नियम बनाउने र राष्ट्र चलाउँछु भनेर सत्तामा जानेहरुले देश बनाउन सकेका छैनन्, त्यसैले लाखौं लाख युवाहरु विदेशमा अरुको देशको विकास गरिराखेका छन् थोरै पैसामा आफ्नो अमूल्य देश विकास गर्न अहिलेको सरकारले सोचोस्, काम गरोस् भन्ने शुभकामना छ । सत्य र तथ्यका आधारित विकासको लागि सञ्चार सधैं राष्ट्रनिर्माणमा क्रियाशील छ । आउँ सबै मिलि हात मिलाऔं काम गरी विकसित देश बनाउँ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend