logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कुमारी र एनसिसी बैंकभित्र काण्डै काण्ड


  • जन आकाश
  • सोमबार, फाल्गुन २१ २०७४

विशेष संवाददाता
काठमाडौं । काण्डै काण्डमा मुछिएको कुमारी बैङ्क थिलथिलो अवस्थामा पुगेको छ । यस अगाडिका सिइओ उदयकृष्ण उपाध्याय यौनकाण्डमा परे । त्यस यता बैङ्कले सञ्चालक बनाएको अर्काे एक व्यक्ति प्रहरीको फरार सूचीमा छन् । यसरी कालोबजारी काण्डका नाइकेलाई कुमारी बैङ्कले पुरस्कृत गरेपछि बैङ्किङ क्षेत्रमै तरङ्ग पैदा भएको छ । एक पछाडि अर्काे काण्डमा फस्दै विवादमा पर्दै गएको सो बैङ्कमा ठग काण्डमा मुछिएका व्यक्तिलाई सञ्चालक बनाइएसँगै शेयरधनीहरु आगो भएका हुन् । बैङ्कभित्र यस्ता हतकण्ड हुँदा राष्ट्र बैङ्क र प्रहरी रमिते बनिरहेको त्यहाँका कर्मचारीहरुले आरोप लगाएका छन् । भूकम्प र सो पछाडिको नाकाबन्दीको समयमा खाने तेलमा कृत्रिम अभाव सृजना गरी उपभोक्ता लुट्दै आएको काण्डमा केएल दुगड समूहको सञ्चालकहरु फरार रहेकै अवस्थामा कुमारी बैङ्कले भने सोही दुगड समूहका एक जना व्यक्तिलाई ल्याएर बैङ्कका सञ्चालकमा मनोनयन गरेपछि सर्वसाधरण शेयरधनीहरु विच्किएका छन् । त्यहाँ अहिले नयाँ सिइओको रुपमा सुरेन्द्र भण्डारी आइपुगेका छन् । उनी समेत विवादमा मुछिएका छन् । कारण एकातिर आफू कार्यरत रहेको सिद्धार्थ बैंकलाई लात्ति हानेर उनी कुमारीमा त भित्रिए तर नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर समयमै निष्कासन नगरेको, घोषणा गरेर पनि लामो समय सम्म राखी अझै जारी नगरेको भन्दै छानबिन सुरु गरेसँगै कुमारी बैंकको ओरालो यात्रा प्रष्ट झल्किएको छ ।
बाफियाको बदनामी
बैंक तथा वित्तिय संस्था (वाफिया) ऐन)६३ को परिक्षेद् १ को प्रारभ्भिक सेक्सन १८ (ठ) मा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ को ‘ठ’ बुँदा पल्टाउने हो भने त्यहाँ भनिएको छ ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाई त्यस्तो सजाय भोगेको पाँच वर्ष अवधि नपुगेको । यस्तो व्यक्ति कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक बन्न नपाउने वा अयोग्य ठहरिने कुरा नेपाल राष्ट्र बैंकको वाफिया ऐनमा उल्लेख छ । तर बाफिया ऐनकै बर्खिलाप हुने गरी कुमारी बैंकका एक सञ्चालक प्रहरीकै फरार सूचीमा परेका व्यक्ति रहेको भेटिन्छ । हाल कुमारी बैंकको सञ्चालक समितिमा सन्तोष कुमार लामा अध्यक्ष छन् । उनी कार्गाे व्यवसायी हुन् । डा.शोभाकान्त ढकाल भाटभेटनीका मालिक मीनबहादुर गुरुङका पाटर्नर हुन । उनी वालुवाटारमा प्रधानमन्त्री निवास नजिकै रहेका १२१ रोपनी सरकारी जग्गा विदेशी कम्पनीलाई विक्री गर्न खोजेको आरोप उनीमाथि लाग्दै आएको छ । त्यहाँ उत्तम प्रसाद भट्टराई, विनोद दवाडी, पुनाराम भट्टराईहरु सञ्चालकको रुपमा देखिन्छन् । यही छन् नरेश दुगड । दुगड तिनै व्यक्ति हुन जतिखेर भारतले नाकाबन्दी लगाइरहेको थियो । र सोही समयमा दुगड गु्रपले आफ्ना तेल तथा अन्य उत्पादनहरुमा कृतिम अभाव श्रृजना गरी चरम मूल्यबृद्धि गरेको थियो । खानेतेलमा स्टिकर परिवर्तन गरी दुई ट्रक खानेतेल प्रहरीले वरामत गरेको थियो । उनीहरु विरुद्ध उपभोक्तावादीहरुले ९ करोड रुपैंया विगो दावी गर्दै जिल्ला अदालतमा मुद्धा दर्ज भएको छ । यही अभियोगमा दुगड गु्रपका मुख्य सञ्चालकहरु फरार छन । तिनैमध्यका एक प्रहरीको फरारको सूचीमा रहेका व्यक्ति कुमारी बैंकमा सञ्चालकको रुपमा देख्न पाइन्छ ।
सो बैङ्कमा केएल दुगड गु्रपका सञ्चालक नरेश दुगड अहिले पनि बोर्ड सञ्चालकका हैसियतमा कार्यरत छन् । जबकि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार सञ्चालक समितिमा बस्नका लागि कुनै पनि कसुरमा नमुछिएको व्यक्ति हुनुपर्ने ऐनमा उल्लेख छ । तर, वाफिया ऐनलाई धोती लगाँउदै सो बैङ्कका सञ्चालकमा कालोबजारी तथा ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पूर्जी जारी गरेको व्यक्तिलाई बैङ्कमा सञ्चालक बनाएर लगिएपछि बैङ्कको छविबारे समेत प्रश्न चिन्ह उठ्न थालेको छ ।
सुरेन्द्रको बेग्लै सुर
बरु उदयकृष्ण उपाध्याय यौनकाण्डमा परेर जागिर गएपछि वर्ष दिनसम्म निमित्त सिइओको भरमा चल्दै आएको कुमारी बैंकमा सुरेन्द्र भण्डारीलाई भित्राइएको छ । स्मरण रहोस– भण्डारी यस अगाडि सिद्धार्थ बैंकमा सिइओको रुपमा कार्यरत थिए । उनी सिद्धार्थ बैंकमा आफ्नो कार्यकाल पूरा नहुँदै कुमारी बैंकमा प्रवेश गरेका हुन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त पाएका उनलाई सिद्धार्थ बैंकमा एक कार्यकाल सकिएपछि गत वर्षको असारमै एक कार्यकाल थप गरिएको थियो । चार वर्षका लागि भएको उक्त सहमतिको एक वर्ष नबित्दै भण्डारी सिद्धार्थ छोडेर कुमारीमा प्रवेश गरेका हुन । सिद्धार्थ बैंकसँग घात गरेर कुमारी बैंकमा प्रवेश गरेका सुरेन्द्रले कुमारी बैंकलाई समेत जुन कुनै समयमा घात गर्न सक्दैनन् भन्ने के ग्यारेन्टी छ ?
उता, मर्जको नाममा सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा मर्ज भाँडिएपछि कुमारी बैंक र एनसीसी बैंक कारबाहीको सूचीमा परेका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समुह रहेको एनसीसी बैंकको अनावश्यक दबाबमा मर्जको प्रक्रिया अघि बढाएकोमा कुमारी बैंकले असन्तुष्टी राख्दै आएको थियो । दुबै बैंकले मर्जको प्रक्रिया अघि बढाएपछि भएको खर्च दुबैले व्यहोर्नुपर्ने भएको छ । स्रोतका अनुसार कुमारी र एनसीसी बैंकबीचको मर्जको प्रक्रियाको कुल खर्च झण्डै ३ करोड रुपैयाँ पुगेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend