logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ऐन कुमार साइको सफल यात्रा


  • जन आकाश
  • सोमबार, फाल्गुन २१ २०७४

काठमाडौं । पोखरा कास्कीको पोखरा नगरपालिका ९ मा जन्मनुभएका ऐन कुमार साइको यातायात क्षेत्रको यात्रा २०४३ सालबाट साना सवारी साधन ट्याक्सी व्यवसायीको रुपमा शुरु भएको हो । झण्डै १४ वर्षको अथक प्रयासपछि साना ट्याक्सी व्यवसायी क्षेत्रबाट मिनिवस व्यवसायी सेवा दिँदै २०५७ सालबाट लागेका साइले २०५९ सालमा संघ÷संस्थाको जिम्मेवारी संगाल्दै पृथ्वि राजमार्ग बस सञ्चालक समिति सदस्य भई आफ्नो कार्यकालको जिम्मेवारी राम्रो सँग पूरा गर्दै यात्रामा निरन्तर अगाडि बढ्नु भएको हो ।
त्यसैगरी पृथ्वि राजमार्ग बस सञ्चालक समितिको सह कोषाध्यक्षको जिम्मेवारी सगाल्दै, आफ्नो काम कर्तव्य राम्रोसँग निर्वाह गर्दै जादा अधिकांश पृथ्वि राजमार्ग बस व्यवसायीहरुले उहाँलाई अशल कार्य सन्चालक समितिको रुपमा पाएर पुनः जिम्मेवारी थप्दै विश्वासको मत दिदै गएको देखिन्छ । र पृथ्वि राजमार्ग बस सञ्चालक समितिको कोषाध्यक्ष जस्तो गरिमामय पदमा पनि जिम्मेवारी राम्रोसँग निर्वाह गरेर यात्रालाई निरन्तरता दिदै अगाडी बढ्नुभएका साई पृथ्वि राजमार्ग बस सञ्चालक समितिको अध्यक्षमा उम्मेदवारी दिदा कुनै त्यस्ता तत्वहरुले राम्रो गरिरहदा पनि अध्यक्षको निर्वाचनमा एकपटक पराजय समेत भोग्नुपरेको थियो । भनिन्छ कहिलेकाँही हार पनि जितको लागि एउटा ठुलो पाठ हो । त्यस अध्यक्षको हारबाट कतिपनि विचलित नभई निरन्तर कर्ममा खटिनुभएका साइ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध भई केन्द्रीय सदस्यको हैसियतमा काम गर्नु भएको थियो ।
त्यसैगरी २०६९÷४÷१६ गते पृथ्वी राजमार्ग बस सञ्चालक समितिको अधिवेशनबाट अध्यक्षको जिम्मेवारी पदमा निरन्तर ६ वर्षदेखि कार्यभार सगाल्दै आउनु भएको छ भने २०७४ साल माघमा चितवनमा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । गण्डकी क्षेत्रबाट केन्द्रिय यातायातको नेतृत्वसम्म गर्न सक्षम व्यक्तित्वको यात्रा निरन्तर यातायात व्यवसायीहरुको हितमा देखिन्छ ।
त्यस्तै साइको व्यवसायिक यात्रा नाफा मात्र कमाउने उद्देश्य नभएर सक्षम, दक्ष, योग्य, चालक, सहचालक र नागरिकले समेत गुणस्तरीय सेवा पाउन भन्ने उद्देश्य राखि पोखरामा मेट्रो ड्राइभिङ्ग स्टिच्यूट सञ्चालन गरेर व्यवसाय सँगै सेवा पनि दिइराखेका छन् । व्यवसाय क्षेत्रमा फराकिलो दृष्टिकोण राख्दै निर्माण क्षेत्र विशेष गरेर पर्यटकीय नगरी पोखराको विशेषतालाई जोडेर मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सको मेनेजिङ्ग डाइरेक्टर सम्मको भूमिका निर्वाह गर्दै आउनुभएको छ भने निकट भविष्यमा यातायात क्षेत्रमा नयाँ नयाँ आयाम थप्दै पाँचौ अधिवेशनमा समर्थन गरेर जिताउनु हुने सबै साथीहरुलाई धन्यवाद समेत हाम्रो भेटघाटमा दिनुभएको छ । शुभ रहोस यात्रा ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend