logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कर्मशील भट्टराइको संघर्ष र सफलता


  • जन आकाश
  • सोमबार, फाल्गुन २१ २०७४

सुदूरपुर्व तेह्रथुममा सामान्य परिवारमा २०३३ सालमा जन्मिएका राम प्रसाद भट्टराई एक मिलनसार असल हितैसी ब्यक्तिको रुपमा चिनिन्छ्न विभिन्न आरोह अवरोह पार गर्दै काठमाडौ यात्रामा निस्केका भट्टराई राजनीतिक यात्रा सगसगै लिएर नेकपा एमालेको पृष्ठभुमीबाट सामान्य राजनीतिमा आवद्ध हुदै आएका थिए र सामान्य जीवनयापन गर्न काठमाडौ प्रवेश गर्नु भएका भट्टराईले २०५८ सालबाट यातायात क्षेत्रमा सामान्य कर्मचारीको रुपमा प्रवेश गर्नु भएको थियोे । जुनसुकै काम किन नहोस् आफ्नो दायित्व पूरा गर्न असाध्यै मेनहत गर्ने बानी भएका भट्टराईले आफू सम्वद्ध यातायात व्यावसायीको मन जित्दै कर्मले जुटाएको सम्पतिलाई यातायात क्षेत्रमा २०६४ सालबाट लगानी गरेर निरन्तर यात्रुहरुलाई सेवा दिन लाग्नु भएको थियोे भने सोही समय देखिनै कान्तिपुर यातायात ब्यबसायी संघको सचीव हुँदै काम गर्न सुरु गर्नु भएको भट्टराई हालसम्म ३ कार्यकालमा हुनुहुन्छ ।
हकी स्वभाव भएको कारणले सबै ब्यबसायीको मन जित्न सफल भएका हुन् भने देशको राजनीति परिवर्तनले थुप्रै मानिसहरु नयाँ सोच राजनीतिक स्वतन्त्रताको अधिकार प्रयोग गर्दै बिगत २ बर्ष अगाडि बनेको डा बाबुराम भट्टराईले नेतृत्व गरेको बैकल्पिक शक्तिको रुपमा रहेकोे नयाँ शक्ति पार्टी नेपालको साधारण सदस्यबाट प्रवेश गरेका भट्टराई ईमानदारीपुर्वक राजनितिक भुमिकामा उत्तिकै कार्यहरू गरि काम गर्दै आउनु भएको छ । नयाँ शक्ति पार्टी नेपालको यातायात संगठन सम्वद्ध कार्यसमितिको केन्द्रिय महासचिव बन्नु भएका भट्टराई केहि समय अगाडि नयाँ शक्ति पार्टी ध्रुवीकरणको नाउमा पार्टी परित्याग गरेर जादा यातायात संगठन पनि अछुतो रहेन धेरै यातायात ब्यबसायीले छोडेर गए तर पनि कति पनि बिचलित नभई बसेको र २०७४ फाल्गुन ९,१० र ११गते लुम्बिनीमा भएको पार्टीको चौथो संघय परिषदको बिस्तारित बैठकमा पार्टी संयोजक डा बाबुराम भट्टराईले सम्बोधन गर्ने क्रममा बिष्लेषण गर्नु भएको थियोे बुद्ध पनि सुरुमा एक्लै थिए सहि बिचार लिनेहरु कहिले काही एक्लै पर्छन् आफू पनि त्यस्तै हालतमा भएको भट्टराईले बताए र हाल नयाँ शक्ति पार्टी निकट यातायात ब्यबसायी संगठनको संयोजक समेत रहेका भट्टराई पार्टीको संघीय परिषद सदस्य समेत हुनुहुन्छ । त्यो जिम्मेवारी लाई सामाजिक सेवा र राष्ट्रिय सेवा गर्ने अवसरको रुपमा लिएको बताउछन् ।
उनले भने राजनितिक पेसा होइन सेवा त्यो सेवा गर्न क्षमता मैले नेपालकै बिद्वान अन्तरास्ट्रियमा समेत ख्याति प्राप्त डा बाबुराम भट्टराई बाहेक अरु देखेको छैन त्यसकारण सबै साथिहरुलाई मेरो बिनम्र अनुरोध छ सहि सत्य र न्यायको लागि साथै समृद्ध नेपाल निर्माण गर्न नयाँ शक्ति को आवश्यकतालाई आत्मसात गर्न आग्रह समेत गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend