logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सबैभन्दा ठूलो समस्या लाइसेन्स लिनुमा छ


  • जन आकाश
  • सोमबार, फाल्गुन २१ २०७४

शेरबहादुर कुँवर (अध्यक्ष)
वागमती ट्रिपर व्यवसायी संघ
नेपाल यातायात व्यवसायी महासंघको पाँचौ अधिवेशन सम्पन्न भइसकेपछि यतिबेला यातायात क्षेत्रमा काम गरिरहेका संघ÷समितिहरुले पदाधिकारीहरुलाई सम्मान, शुभकामना बधाई दिने क्रम जारी छ । त्यसमध्य वागमती ट्रिपर व्यवसायी संघले पनि गएको विहिबार ललितपुरस्थित हिमालय होटलमा बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका वागमति ट्रिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरलाई हाम्रो टिमले ट्रिपर व्यवसायी सम्बन्धी केही प्रश्नहरु गरेका थियौ तिनै प्रश्नहरुको उत्तर यहाँ समेटेका छौं ।
० बधाइ तथा शुभकामना कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट पारिदिनुसन ?
हाम्रो यातायात क्षेत्रको नेपाल यातायात व्यवसायी महासंघको पाँचौ अधिवेशन चितवनबाट निर्वाचित पदाधिकारीहरु निर्वाचित हुनु भएको छ । निर्वाचित हुनु हुने साथीहरु देशभरीबाट छनोट भएर आउँदा कोही साथी पूर्वको कोही पश्चिमको उत्तर, दक्षिण सबै क्षेत्रबाट आउनुभएको छ । त्यसमा हामीले सबैलाई चिन्न पनि गाह्रो हुन्छ । त्यसो भएको हुँदा प्रमुख उद्देश्य चिनजान होस् भन्ने हेतुले र अर्काे चुनाव पछि पनि सबै व्यवसायीहरु एक ढिक्का छन्, आवश्यक पर्दा सबै जुट्छन् भन्ने उद्देश्यले यो कार्यक्रम राखेका हौं ।
० ट्रिपर व्यवसायको अवस्था अहिले कस्तो छ ?
व्यवसाय राम्रै छ । अझै मर्यादित र अनुशासित शिक्षित बनाउन र व्यवस्थित गर्न हाम्रो बागमती ट्रिपर व्यवसायी संघले विभिन्न कार्यक्रमहरु आयोजना गरी चालक, सहचालक, व्यवसायी, आम नागरिक यातायातसँग सरोकार राख्ने निकाय ट्राफिक प्रहरी लगायतसँग संयुक्त रुपमा प्रशिक्षण, सवारी हाँक्ने तरिका सबै सिकाएर दुर्घटना न्यूनीकरण गर्ने सम्मका कामहरु हामीले गर्दै आएका छौं ।
० ट्रिपर व्यवसायी संघको मूख्य समस्या के छ ?
नेपालको ट्रिपर व्यवसायीहरुको मुख्य समस्या भनेको दक्ष चालकहरुको अभाव छ । त्यसको मूख्य कारण भनेको नेपाल सरकार यातायात व्यवस्था विभागको गलत नीति कसरी भन्नुहोला जबकी जुन मान्छेले ट्रिपरको, ट्रकको सहचालक, बर्षौ लगाएर काम सिक्छ । ट्रिपरको काम गर्नेले ट्रिर्पर बसको सहचालकले बस, ट्रकको सहचालकले ट्रक जानेको हुन्छ ।
तर यातायात व्यवस्था कार्यालयले पहिला ट्याक्सी चालकको दुईवर्षे अनुभव लिएर आइजा अनि हेभीको लाइसेन्स दिन्छु भन्छ । यहाँ गलत छ । जो मान्छे जे सीप जानेको छ त्यो सिप त्यसले जानेको छ कि छैन त्यो ट्रायल लिदा देखिन्छ । ट्रयाल लिएर जसले जे चलाउन जानेको छु भनेर आउछ त्यसलाई त्यही लाइसेन्स दियो भने भइहाल्थ्यो तर त्यस्तो यहाँ भइराखेको छैन । त्यही कारणले गर्दा आज दक्ष ट्रिपर चालकहरुको अभाव भइराखेको छ र भएकाहरुमध्ये पनि कतिपयले हामीले जानेको, सवारी नियमहरु सिकाउँदा नमान्नेहरुलाई तुरुन्तै काम छुटाएर अर्काे दक्ष चालक अनुशासित चालकहरु पाउन सकेका छैनौ । त्यो लाइसेन्स दिने विषयमा समस्या भएर यस्तो अभाव निम्तिएको हो ।
यहाँ ट्रिपरमा सहचालकको रुपमा वर्षाैवर्षदेखि काम गर्दै आएका तर लाइसेन्स निकाल्नमा समस्या २ वर्षसम्म लाइटको लाइसन्स बोकेर समय खेर फाल्नुपर्दा यो पेशा नै छोडेर सहचालकहरु जसले चालक गर्न राम्रो जानेर पनि लाइसेन्सको समस्याले यो पेशा छोडेर विदेश गएका छन् यी मुख्य समस्याको रुपमा रहेको छ । अर्काे जति दुर्घटनाहरु भएका छन् ट्रिपरसँग सम्बन्धित ति सबै वाइक र स्कुटरहरु रहेका छन् त्यसमध्ये पनि ट्रिपरहरु जो यस हाम्रो संघ भन्दा बाहिर भएकाको नै संख्या बढी छ । हाम्रो संघमा म आएपछि दुर्घटनाको समस्यालाई न्यूनिकरण गर्दै आएको छु । र पनि यो एउटा समस्याको रुपमा रहेको छ । यो समस्यालाई सबै मिलेर समाधान गर्न सकिन्छ भनेर हामीले कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका छौं ।
० कार्यक्रमहरु कुन कुन खालका कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
हामीले भक्तपुरमा भक्तपुरकै यातायातसँग सम्बन्धित संस्था जस्तै अस्ति भरखरै भक्तपुरका एसपीकै कमाण्डमा हाम्रो चालक, सहचालक, व्यवसायी र अहिलेका विद्यार्थी भाइबहिनीहरुलाई समेत सहभागिता गराएर कार्यक्रम गरेका थियौं । त्यस्तै काठमाडौं जिल्लामा काठमाडौंमा नै सम्बन्धित निकायहरुसँग मिलेर सभ्य नागरिकको हैशियतमा काम गर्ने वातावरण बनाउने उद्देश्य बोकी काम गरिराखेका छौ भने भविष्यमा वागमति भित्रका अहिले प्रदेशमा देश गइसेकपछि प्रदेशस्तरीय कार्यक्रमहरु हामी लिएर जाँदैछौं । त्यसमा धेरैभन्दा धेरै मानिसहरुलाई सहभागी गराएर यातायात शिक्षा दिन हामी गइराखेका छौं ।
० त्यो कहिलेबाट शुरु हुन्छ ?
हामी छलफल गर्दैछौं छलफल गरेर छिट्टै त्यो काम गर्छौं । यो नै समय भनेर तोकेको अवस्था भने होइन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend