जन आकाश
मोहन कार्की
नेपाली समाजमा गरिव हुनु नै दशा ।
जो कमजोर छ त्यही माथि सबैको खेलवाड ।
२१ औं शताब्दीको नेपाली समाज कस्तो छ ।
समाजमा राजनीतिले पनि प्रभाव पारेको छ ।
घटना भएको आज तिन दिन भइसक्यो कैलाली की ती १८ वर्षे राधा चौधरी जो उदाउँदै गरेकी भविष्यकी तारा नेपाली आमाकी सन्तान ति मेहनती राधाले विभिन्न अभाव, तनावबीचबाट संसारलाई देख्न सक्ने आखा शिक्षाको उज्यालोलाई सधैं प्राथमिकतामा राखिन् त्यही मेहनत र सामाजिक चेतनाको उज्यालोले सबैको अगाडी ती २१औं शताब्दीमा पनि अध्याँरो कुनामा बोक्सी, भूत पिचास हुन्छ भनेर भ्रम सृर्जना र ठगी खानेहरुका लागि सही नभएर नै उनलाई आक्रमण गरी सार्वजनिक स्थलमा ६ घण्टासम्म कुटपिट गर्दा समेत कुनै कोही उनको पक्षमा नउभिनुले नेपाली समाज कता जाँदैछ । के गरिब हुनु नेपाली समाजमा दशा मात्रै बनिरहनु हो । गरिब हुने वित्तिकै हेप्ने, कुटपिट गर्ने र पैसाको प्रलोभनमा मिलापत्र गराउने र त्यो जहिले पनि धेरैजति आर्थिक रुपमा कमजोर भएकालाई छानीछानी तिनीहरुको शारीरिक भौतिक रुपमा नै आक्रमण गर्ने र ठूलो खेलवाड गर्नेहरुले पटक पटक नेपाली समाजमा यस्तै कुरितीपूर्ण घटनाहरु घटाएका देखिन्छन् । अहिले राधा चौधरी एउटा उदाहरण मात्र हुन् ।
अचेल ठुलै गफ गर्ने फेसबुक चलाउने जसको हातमा पनि सामान्य नै किन नहोस् जे सेभेन, सामसुङ्ग मोबाइल बोक्ने र अमेरिका, क्यानडाका सपना देख्ने तर हाम्रो हैसियत, हाम्रो सामाजिक चेतना र यहाँको वास्तविकता नखोज्ने युवापुस्ता पनि कतै जिम्मेवारीबाट टाढा त भाग्दै छैनन्, निकै गहिरो ढंगबाट सोच्नुपर्ने बेला आएको छ । राधा चौधरीमाथि भएको घटना पनि त्यहाँ उनीसँगै पढ्ने साथीहरु समेत संलग्न छन् भन्ने कुरा बाहिर आउनुले हाम्रो अहिलेको शिक्षा प्रणाली कस्तो छ । त्यहाँ पनि प्रश्न उठेको छ । स्कुल कलेजहरुमा कस्ता शिक्षाहरु दिइन्छन् २१ औं शताब्दीको नारा लगाउने र पार्टीको सम्मेलन र जुलुसमा लागेर स्कुल कलेजको तलब बुझ्ने चलन पनि यस्तो घटनामा सम्बन्धित हुन सक्छ की सक्दैन । यसको पनि बहस हुन जरुरी छ ।
अर्कोतर्फ यस्ता घटनाहरु धेरै घटेको तर पीडित पक्ष जहिले पनि आर्थिक कमजोर भएकै कारण पछि मिलापत्रमा र जाहेरी दिने बेलामा सेटिङ मिलाएर उन्मुक्ति पाउँदै आएका छन् । नेपालको कानूनमा पनि व्यवहारिक पक्षमा कतै काहिँ नमिलेको छ कि यस्ता विषयमा पनि खोजि अनुसन्धान गर्न कैलालीको राधा चौधरीको घटनापछि ब्यूझनुपर्छ । अर्को पाटो गरिबी के कारण छ किन छ । त्यसको निराकरण खोज्न पनि सम्बन्धित निकाय लाग्नु पर्ने देखिन्छ ।
अर्कोतर्फ दलीय शक्ति र प्रभाव कुनै पार्टीको आस्था राख्ने, कार्यकर्ता वा कुनै पार्टीको झण्डामुनी ठुलै नेताको आडमा भएकाहरुले जानीजानी गरेको अपराध, घटनालाई पार्टीसँग जोडेर, मिसाएर उन्मुक्ति पाउने चलनले पनि समाजको यो कुसंस्कार बोक्सी प्रथा जस्तो जघन्य अपराधलाई समेत जोगाई राखेको देखिन्छ । त्यस्तै कैलालीको घोडाघोडीमा भएको घटना नगरप्रमुख समेतले थाहा पाएपछि त्यहाँ पीडितको पक्षमा भन्दा पनि पीडकको पक्षमा त्यहाँको जनप्रतिनिधि भनिएका ममता प्रसाद चौधरी, वडा अध्यक्ष प्रेम रोकायको समेत पीडकमाथि पीडा थप्न भूमिका हुन सक्ने सहजै आशंका गर्न सकिन्छ । नगरप्रमुख ममता प्रसाद चौधरी त्यहा घटनापछि प्रहरी चौकी पुगेका र त्यहाँ नगरप्रमुख पुगेको समय पछाडि नै मिलापत्र जबरजस्ती गराउने काम भएको प्रकृतिबाट त्यस्तै आशंका गरिएको छ ।
कस्तो छ त कैलाली घटनाको जानकारी
हामीले कैलालीको घोडाघोडीको घटनाको विषयमा त्यहाँका सुरक्षामा खटिएका डीएसपी सागर बोहोरालाई विस्तृत जानकारी दिनुस् भनी फोन गर्दा उहाँले पहिला पीडित र पीडक दुबै सहमतिमा पीडकहरुलाई छोडिएको थियो । तर पीडकको बुवाले पुनः २५ गते जाहेरी दिएपछि प्रहरीले घटनाका दोषीहरुलाई पक्राउ गरेका छौं र बाँकी पक्राउ गर्नुपर्नेलाई पक्राउ गरेर अनुसन्धान गर्छौ र आज शनिबार सार्वजनिक विदा भएको कारण भोलि नै कानूनी प्रक्रिया अगाडी बढाउने जानकारी दिएका हुन् ।
जान्नैपर्ने कुरा यस्ता कुरितीपूर्ण कुनै पनि बोक्सी, धामीको रुपमा कुनै गाउँ, ठाउँ, कुनकाप्चामा त्यस्ता बोक्सीको आरोप धामी छु भेदी दिन्छु भन्ने कसैले दबाब दिइ राखेको छ भने त्यो जघन्य अपराध हुन्छ त्यसैले जानकारीको अभावमा त्यसरी घटना थाहा पाएर लुकाई राख्नु भएको भए यो खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न समेत बोहोराले अनुरोध गर्नुभएको छ ।
कैलाली घटनाको सत्य तथ्य राम्रोसँग केलाएर दोषीहरुमाथि कारावही होस् भन्ने हाम्रो पनि मत रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend