जन आकाश
मुक्तिनाथ विकास बैंक लि।ले काठमाण्डौ उपत्यका भित्र नवौं शाखाको रुपमा काठमाण्डौ महानगरपालिका वडा नं। ७ चावहिल, ९गोपीकृष्ण० मा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री गणेश बहादुर थापाले आज गर्नु भएको छ ।
उक्त समुद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा मन्तव्य राख्नु भएको थियो । यसै सन्दर्भमा मुक्तिनाथ विकास बैंकको आधुनिक बैंकिङ्ग तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिईने बताउनु भएको थियो ।
उद्घाटन समारोहमा काठमाण्डौ महानगरपालिका वडा नं। ७ का वडा अध्यक्ष श्री शुद्ध कुमार डंगोलले अनुशासित वित्तीय सेवा प्रदान गर्न सुझाव दिनु भएको थियो भने ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा। सुवास घिमिरले मानवको स्वास्थ्यसंगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताउनु भएको थियो । शुभकामना मन्तव्यकै क्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्री केशव बडालले सहकारीहरुसंग बैंकहरुको पनि सहकार्य आवश्यक रहेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्री गणेश बहादुर थापाले मुक्तिनाथ विकास बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताउनु भएको थियो । समुद्घाटन समारोहका अध्यक्ष तथा बैंक संचालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्र मापन गर्न सकिने र बैंकको स्थापना काल देखि हालसम्ममा बृद्धि भएको ग्राहक संख्याले मुक्तिनाथ विकास बैंकको सेवा प्रति ग्राहकहरु सन्तुष्ट हुनु भएको भन्ने मान्न सकिने बताउँदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गर्नु भएको थियो ।
मुक्तिनाथ विकास बैंकको हाल ७४ वटा शाखाहरु संचालनमा छन् भने काठमाण्डौ उपत्यकामा महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend