logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गौश्वारा धुम्रपान र मध्यपान निषेधित क्षेत्र


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०७४

रामेछाप । स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित दोरम्बा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको नेतृत्वमा दोरम्बा–४ गौश्वारास्थित गएको २५,२६ र २७ गते सम्म लगातार तिनदिने धुम्रपान, मध्यपान निषेधीत क्षेत्र घोषणा गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिकाको ४ नं. वडा भित्रपर्ने विभिन्न सामाजिक समूहहरु जस्तै
आमासमूह, बन उपभोक्ता, विद्यालय, गाउँका युवाहरुको सक्रियतालगायत सबैको सहभागीता गराई सकारात्मक शिक्षा, चेतना दिने उद्देशयले कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको अगुवाई गर्ने चन्द्र बहादुर थापा मगरले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मदिरा उत्पादन, वितरण, सेवन गर्दा विकट क्षेत्रको खाद्य, अन्नपात दुरुपयोग हुने, त्यसबाट उत्पादन गरिएको मदिरा मानिसले पिएपछि झैझगडा भएर सामाजिक विकृति, विसंगती हुर्केको र त्यसले सामाजिक सद्भावलाई खलबलाउँछ । त्ययसकारण समृद्ध नेपाल बनाउनको लागि सकारात्मक अभियान गाउँगाउँबाट थाल्नुपर्ने भएको भन्दै सबैलाई विश्वस्त बनाउँदै उक्त कार्यक्रमलाई सफल बनाउन सबैसँग आग्रह गर्दै आफू पनि वडाअध्यक्षको हैसियतले जति खेरपनि लागिरहने बताएका थिए भने उच्च शिक्षा हासिल नगरेका भएपनि थापाले आफूले गौश्वाराको कुनामा भोगेको दुःख, पीडा र दुःख गरेर कमाएको पैसा जाँडरक्सीमा खर्च गरेर हाम्रो उन्नति नहुँदो रहेछ भन्ने उदाहरण आफैलाई देखाउँदै त्यस्तो कार्य अबका युवा पुस्ताले घरघरमा सिकाएर मद्यपान, धुम्रपान, जुवातास नखेल्न नखान सुझाव दिएर सघाउन आग्रह गरेका हुन् ।
त्यसैगरी रामेछापको विकट क्षेत्र भनेर चिनिने गौश्वारामा चन्द्रबहादुर थापाको सह्रानीय कदमलाई हाम्रो जनआकाश टिमको समेत समर्थन छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend