जन आकाश
हरेक मानिसहरुको आआप्mनो रुचीहरु हुन्छन् त्यही आफ्नै रुची अनुसार स्वतन्त्र रुपमा काम गर्न पायो भने त्यस्ता व्यक्तिहरु सफल हुन्छन् । त्यस्तै एक उदाहरणको रुपमा सानुकाजी प्रजापतिलाई लिन सकिन्छ । काठमाडौंको ज्याँठामा २०३२ सालमा जन्मनु भएका सानुकाजीको सानै उमेरदेखि यातायात प्रतिको मोह थियो भन्छन् उहाँलाई चिन्ने, जान्नेहरु । १३ वर्षको उमेरमा नै सवारी चलाउन, चढ्न अति सोख राख्ने सानुकाजीले १३ वर्ष उमेर देखि नै हाते ट्याक्टरलाई सोख सँगसँगै व्यवसायको रुपमा निरन्तरता दिँदै जानुभयो । उनको घरबाट नजिकै रहेको दरबार हाइस्कुल उनले कहिल्यै ख्याल गरेनन् बुवा र आमाको जोडबलमा सात आठ वर्षको उमेरसम्म स्कुल गएको बताउनु हुन्छ तर लेखपढ गर्न कुनै समस्या भने उनलाई छैन । सानो हाते ट्याक्टरको मज्जा लिँदै गरेका सानुकाजीलाई पछि ठुलो ट्याक्टर बजारमा आएपछि त्यो ठूलो ट्याक्टरले आकर्षण थप्यो त्यो ट्याक्टर किन्न चलाउन आफ्नै दाई नानुकाजी प्रजापतिले हौसला दिनुभयो र घर परिवारबाट पनि साथ पाउँदै जानुभयो त्यसमध्ये नानुकाजी दाइलाई उहाँले यातायात क्षेत्रमा गरेको प्रगति नानुकाजी दाइलाई जान्छ भन्दै प्रेरणाको स्रोत मानेका छन् ।
सानुकाजीको ट्याक्टरबाट २०५० सालमा भित्रिएको महेन्द्रा निशान किनेर ट्याक्टरबाट टिपरमा प्रवेश गरेका हुन् । सानै उमेरदेखि मेहनत गर्ने साथीभाईसँग नङ र मासुको जस्तै सम्बन्ध राख्न सक्ने क्षमताका धनी सानुकाजी संघ संस्थाहरुमा अप्रत्यक्ष सहयोग गर्दै टोलमा, सामाजिक काममा गर्दै आएका थिए । तर औपचारिक रुपमा नै २०५० सालमा महेन्द्रा टिपर व्यवसायी समितिको सदस्य भई काम गर्न थाल्नुभयो कुनै पनि मान्छेको क्षमता अवसर प्राप्त गरेपछि मात्र देखिन्छ भनेजस्तै त्यो कार्य समितिमा महेन्द्राका साहु, चालक सबैसँग राम्रो व्यवहार, समस्याहरुलाई बेलैमा समाधान खोजेर काम गरेको हुनाले सबैको मन जित्न सफल भए । कहिल्य आफै चालक बन्दै अनुभव लिँदै काम गरेका सानुकाजीलाई नेपालमा २०६७ सालमा भित्रिएको निलो माइक्रोबसले आकर्षण ग¥यो र त्यही निलो माइक्रोबसको सञ्चालनमा केही अप्ठ्याराहरु व्यहोर्नु परेपछि संगठीत रुपमा नै व्यवसायीहरु अगाडी बढ्नुपर्छ भनेर सानुकाजीकै अगुवाइमा सानुकाजी कै अध्यक्षतामा सामाखुसी यातायात व्यवसायी संघ स्थापना गरेर व्यवसायीहरुको हकहितमा र चालक, सहचालकको व्यवस्थापन सहज ढंगबाट भूमिका निर्वाह गर्नु भएको सानुकाजी संस्थापक अध्यक्ष देखि हालसम्म सामाखुशी व्यवसायी संघको अध्यक्षमा व्यवसायीले विश्वास गरेर निरन्तर अध्यक्षको जिम्मेवारी बोकाउँदै आएका छन् ।
सानुकाजीको यातायात क्षेत्रमा सोखको रुपमा शुरु भएको यात्राले थुप्रै सामाजिक योगदान यातायात क्षेत्रमा उनले गरेको काम देखेर अन्य यातायात समितिहरुले समेत विभिन्न पदमा काम गर्न आग्रह गरेपछि नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघको संस्थापक केन्द्रीय सदस्य हुँदै हालसम्म सोही पदमा रहेर काम गरिराख्नु भएको छ भने अर्कोतर्फ २०५८ सालमा राष्ट्रिय यातायात व्यवसायी महासंघ त्यतिबेलाको योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षको कार्य समितिमा सदस्य रहनु भएको थियो भने नेपाल यातायात व्यवसायीसँग संघ गाभेपछि नेपाल यातायात व्यवसायी महासंघको संस्थापक केन्द्रीय सदस्य पहिलो अधिवेशनमा पुनः केन्द्रीय सदस्यमा निर्वाचित, पोखराको दोश्रो अधिवेशनबाट वर्गीय संयोजकमा निर्वाचित चौथो अधिवेशनबाट सचिवमा निर्वाचित र पाँचौ गएको माघ १७,१८ र १९ गते चितवनको अधिवेशनबाट दोश्रो उपाध्यक्षको पदमा निर्वाचित भएर यातायात क्षेत्रमा काम गर्दै आउनु भएको छ ।
त्यतिमात्र होइन यातायात क्षेत्रलाई व्यवस्थित राष्ट्रप्रति जवाफदेही र पारदर्शी बनाउन यातायात कम्पनी समेत सञ्चालन गरेर राज्यलाई कर तिर्ने जिम्मेवार नागरिकले निभाउनु पर्ने भूमिका निर्वाह गर्नुभएको छ । त्यसमा सामाखुशी यातायात व्यवसायी कम्पनी प्रा.लि.को अध्यक्ष दिगो सार्वजनिक यातायात प्रा.लि.को पनि अध्यक्षता गरेर आफूलाई सफल यातायात व्यवसायीको रुपमा उभ्याउन सक्ने व्यक्ति हुन उनले यो सबै सफलताहरु, मेरो आफ्नो लगनशीलता, त्यो लगनशीलतालाई साथ दिने मेरो व्यवसायी साथीहरु र हाम्रो व्यवसायमा संलग्न चालक, सहचालक, संघका पदाधिकारीहरु सबैको प्रयाशबाट यो सफलता हासिल भएको हाम्रो भेटमा बताउनु भएको हो । हाम्रो पनि सानुकाजीको सफलतालाई शुभ यात्रा ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend