logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सञ्चार क्षेत्रमा दलेहरुको विगबिगी


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०७४

काठमाडौं । नेपालमा प्रजातन्त्रको स्थापनासँगै स्वतन्त्रताको अभ्यास भइरहेको छ । त्यसमध्ये पनि महत्वपूर्ण र सबैलाई सु–सूचित गर्ने सञ्चार क्षेत्रमा देखिएको दलाली प्रथा निक्कै चिन्ताको विषय बनिराखेको छ । राष्ट्रको चौथो अंगको रुपमा लिइने सञ्चार क्षेत्र आफ्नो मर्यादा भन्दा निक्कै टाढा छ । किनकी राजनीतिक पार्टीको झण्डा बोक्ने र राजनीतिक आस्था राख्नेहरुको गुट–गुटमा सञ्चारकर्मीहरुको हकहितको निमित्त भनेर संघ संस्था खोलेर त्यो संस्थामार्फत सञ्चारकर्मीको कार्ड बनाउने र समाज, राष्ट्र र गर्नुपर्ने दायित्व केही पनि नगर्ने तर ठुला पार्टी भनिएका एमाले,माओवादी, काँग्रेसको गलत कुराहरुको बचाउमा लागिरहने सञ्चारकर्मीको नाममा दलेहरु बढिराखेका छन् भने वास्तविक सञ्चारकर्मीहरु रातदिन भोक, प्यास, आराम, निन्द्रा नभनी समाज, राष्ट्र मर्यादा भित्र रहेर काम गर्नेहरुलाई चाहिँ उल्टै कुप्रचार गर्न लगाएर सञ्चार क्षेत्रबाट नै विस्थापित गराउने सम्मका खेल पनि यही देशभित्र खेलिँदैछ ।
अर्को हास्यास्पद र लाममर्दो जति पनि ठुला ठुला कार्यक्रम हुन्छन् । त्यहाँ सञ्चार संस्थाको नाममा एउटाले सञ्चार क्षेत्र समेट्छु भनेर जिम्मा लिएको हुन्छ । त्यो जिम्मा लिने व्यक्तिको बजारमा न नाम सुनिएको हुन्छ न कसैले चिन्छ । नत बजारमा उसको प्रकाशन, न कुनै प्रशारण केही देखिन्छ । त्यो केही पनि हुँदैन मात्र उसको राजनीतिक साँठगाँठ हुन्छ । उसले नत पत्रकार आचारसंहिताको धर्म सम्झिनुपर्छ नत मानवीयता किनकी उत ठूलो पार्टीको छत्रछायाँमा हुन्छ । उसैको बोलवाला चल्छ र वास्तविक सञ्चारकर्मीहरुले निभाएको दायित्वबाट आफ्नो जीवनयापन गर्न व्यवसायिक विज्ञापनको आशा
राख्दा समेत तिनै पत्रकार नामका दलेहरु विभिन्न व्यापारिक संस्थाका प्रेस सल्लाहकारको रुपमा बसेका हुन्छन् र वास्तविक पत्रकारिता गरिरहेकाहरुलाई तिनै पत्रकारको नाममा दले गरिराखेकाहरुले अमर्यादित ढंगबाट व्यवहार गर्ने त्यो व्यवहारबाट उत्पन्न विवाद हुँदा राजनीतिक पार्टीकै भातृ संगठनको नामभित्र चलाएका गुण्डाहरुलाई बोलाएर दले पत्रकारहरुले श्रमजीवि पत्रकारहरुमाथि आक्रमण गरेका घटनाहरु समेत बढ्दै गएका छन् । जसको कारणले सक्रिय पत्रकारिता गरेर श्रम गरेर देश समाज प्रतिको दायित्व निर्वाह गर्ने पत्रकारहरु विस्थापित हुँदै गएका छन् । यो देशकै लागि खतराको संकेत हो ।
अर्को व्यवसायिक पत्रकारिता गर्ने श्रमजिबी पत्रकारहरु बीचको सम्बन्ध र व्यवसायिक क्षेत्रबीचको सम्बन्धमा समेत दले पत्रकारहरुको विगबीगिले ठुलो समस्या उत्पन्न गराएको छ । सामानुपातिक विज्ञापन प्रणालीको जतिकुरा गरे पनि ठुला व्यापारिक कम्पनीहरुले ठुलै पार्टीका नेता कार्यकर्ताबाट सञ्चालित पत्रपत्रिका, अनलाइनहरुलाई मात्र सहयोग, विज्ञापन, सरकारी क्षेत्रमा त कुन पार्टीको पत्रिका भनेर सोधिखोजी गरेर मात्र विज्ञापन दिने, ग्राहक बन्ने गरेको अवस्था छ । यस्तै अवस्था रहने हो भने भोलिका दिनमा आफ्नो राष्ट्रलाई आवश्यक पर्ने जवाफदेही, सञ्चारकर्मीको अभाव हुन सक्छ । सञ्चारकर्मी नामका दलेहरु लाखौं होलान तर देशलाई आवश्यक पर्दा एउटै काम लाग्ने सञ्चारकर्मी नभेटिदा त्यतिबेलाको राष्ट्रको भविष्य केहोला ? त्यसैले त्यस्ता पार्टी, वाद, तन्त्रको लुगा लगाएर नत पत्रकारिताको प नत आचारसंहिताको अ नबुझेकाले विगारेको समाज ढाकेको बजारमा झाडु लगाउन धेरै ढिलो भइसकेको छ । त्यसो नगर्ने हो भने वास्तविक श्रमजीवि पत्रकारहरु विस्थापित हुँदै जान्छन् भने दलेहरुको मात्र उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख जोगाउन सकिँदैन । सम्बन्धित पक्षहरुले राम्रोसँग बुझनु जरुरी छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend