logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दुई वर्षमा हामी पूर्ण काम गरेको देखाउँछौ


  • जन आकाश
  • बिहिबार, चैत्र १ २०७४

आनन्दराज शर्मा वाग्ले
अध्यक्ष नेपाल चाटर्ड एकाउन्टेन्ट संघ
गएको हप्ता चाटर्ड एकाउन्टेन्ट संघको ३३औं साधारणसभा सम्पन्न भएको छ भने ३२औं कार्य समिति पनि चयन भएको छ । उक्त कार्य समितिको नेतृत्व गर्ने अवसर आनन्दराज शर्मा वाग्लेले पाउनु भएको छ । उक्त अवसर चाटर्ड एकान्टेन्ट संघमा आबद्ध झण्डै १६०० सदस्यहरुले वाग्लेको कार्य क्षमता र युवा जोस जाँगर साथै चाटर्ड एकाउन्टेन्ट संघमा कोषाध्यक्ष, उपाध्यक्ष हुँदै राम्रो अनुभव लिएर आउनु भएको र व्यवस्थापनमा निकै चुस्त दुरुस्त काम गर्न सक्ने छिटो निर्णय लिन सक्ने भएकै कारण साथै चाटर्ड एकान्टेन्ट संघमा सबैसँग अशल सम्बन्ध राख्न सक्ने भएकै कारण अध्यक्ष पदमा विजयी भएका हुन् । उहाँसँग यसैविषयमा हामीले कुराकानी गरेका थियौं ।
० तपाई ३२औं कार्य समितिबाट अध्यक्षको पदमा चयन हुनुभएको छ । भावी योजनाहरु केके बनाउनु भएको छ ?
म यो भन्दा अगाडि पनि कार्य समितिमा थिए उपाध्यक्षको रुपमा त्यो भन्दा अगाडी कोषाध्यक्ष हुँदै अहिले अध्यक्ष भएको हो । पुराना गर्न बाँकी रहेका पाइप लाइनका कामहरु पहिलो प्राथमिकतामा राखेको छु । दोश्रो ४० वर्षसम्म हाम्रो यस चाटर्ड एकाउन्टेन्ट संघले सरकारसँग माग्न मात्र गयो तर न सरकारले त्यो पुरा गर्यो खाली हाम्रो समय मात्र खेर गयो त्यसकारण मेरो अनुभवमा के छ भने समय सन्दर्भको आवश्यकतालाई महशुस गरेर सम्भवत म युवा भएर पनि होला अन्डर ३४ मा नै अध्यक्ष भएको छु । अव हामीले सरकारसँग केही पनि माग्न जाँदैनौ हामीसँग आबद्ध क्षमतावान (क्यापालेबल) १६ सय चाटर्ड एकाउन्टेन्टहरु छन् । विदेशको प्राक्टिसमा हेर्ने हो भने पनि चाटर्ड एकाउन्टेन्टहरुले रिसर्च गरेर सरकारलाई सजेशन दिन सक्छ । त्यो योजनाले राष्ट्रको उन्नति हुन्छ । त्यस्तो यहाँ देखिएको छैन त्यो ग्यापलाई हामी मेट्न चाहन्छौं । यहाँ विदेशबाट विशेष गरेर सरकारले परामर्श अडिटरहरु श्रीलंकाबाट ल्याइराखेको छ । यहाँ हाम्रैमा त्यस्ता क्षमतावान सिएहरु छन् । होला श्रीलंकामा प्राविधिक हाम्रो भन्दा बढी होला हामीले त्यहाँबाट केही मान्छे ल्याएर यहाँ टे«न गराउने र आफ्नैलाई काममा लगाउने हो । त्यसको लागि छिटै टे«निङ गराउने मेरो योजना छ । अर्को यो चाटर्ड एकाउन्टेन्ट भनेको ६ वटा विषयका विज्ञहरु हुन् । इन्टिग्रेटेड एक्स्पोर्ट हामीसँग छ त्यसलाई हाम्रो चाटर्ड एकाउन्टेन्ट संघले ११ जनाको कार्य समितिलाई सहायक समितिको रुपमा ६ जनाको उप कार्यसमिति बनाएर ६६ जना बनाई काम गर्नेछौं जसले गर्दा निःशुल्क सेवा पनि हुने भो र अर्को समाजमा सम्मानजनक अवस्थामा ति सिएहरु हुने भएकोले भोलि यस संस्था हाँक्न कुनै ठाउँमा असर आउँदा त्यो सेवाको अवधि जोडिने हुँदा धेरै भन्दा धेरै समावेशी बनाएर लैजाने मेरो नेतृत्वमा कार्य समितिको योजना रहेको छ । अर्को उदाहरण एउटा पेश गरु जबकी नेपाल चन्द्र सूर्य ध्वजावाहक एयरलाइन्सले कतार एयरलाइन्ससँग प्रतिस्पर्धा किन गर्न सक्दैन के–के कमजोरी छन् ती सुधा¥यो भने कम्पिटिशन गर्न सकिन्छ भन्न सक्ने हामी, त्यसलाई राज्यको तर्फ कुनै खालको चासो नराख्दा हामी चिन्तित छौं । अव हामी चिन्तित हुँदैनौ बर्षमा फ्रि अफ कष्ट फाइनान्सियल रिसर्च गरेर काम गरेर राष्ट्रलाई दिन्छौं । अहिले पनि हामीले नेपालका ठुला कर्पोरेट हाउस सञ्चालक भेट्दा नियामक निकायमा त्यससँग सम्बन्धित ज्ञान नभएका व्यक्तिहरु नहुँदा समस्या भएको छ भन्छन्, त्यसलाई कर्मचारीलाई ज्ञान नभएर महिनौसम्म फाइल अड्की राखेको हुन्छ त्यो अधिकार सिएहरुलाई दिएर परामर्शको लागि नियुक्त गरेर सहज वातावरण बनाउन सकिन्छ । त्यसको समेत पहल गर्न हामी लागिराखेका छौं । राज्यले समेत हामीले गरेको कामबाट यी त बुद्धिजीवी साँच्चै नै राष्ट्रलाई चाहिने एशोसिएसन रहेछ र राज्यलाई बोध होस् र हामीलाई बोलाएर काम लगाउने वातावरण बनोस भन्ने रचनात्मक ढंगबाट हाम्रो टिम लागि राखेको छ । अर्को राष्ट्रिय स्तरको सम्मेलन गरेर सबै सिएहरु एकैठाउँमा आउने वातावरण बनाउँछौं ।
० तपाइहरु जति पनि कार्य समितिमा हुनुहुन्छ । धेरैजतिको कम्पनी सञ्चालनमा छ संघ र कम्पनीलाई कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?
म प्रिमेयर छु २ वर्षको लागि मेरो कम्पनीमा काम गर्ने पाटर्नरहरु राखेको छु । पहिला पाटर्नर विनाको थिए पहिला कोषाध्यक्ष र उपाध्यक्ष हुँदा धेरै टाइम एशोसिएशनमा जाँदैनथ्यौ भने अहिले पूर्ण समय दिनुपर्ने भएकोले मैले पाटर्नर लिएर आएको छु । म प्रिमियर किन्छु भने मैले एशोसिएशनलाई बढीभन्दा बढी समय दिएर चाटर्ड एकाउन्टेन्ट संघसँग सम्बन्धित विषयवस्तुलाई नेपाली समाजमा स्थापित गराउने दायित्व मेरो काँधमा आइलागेको छ । त्यसकारण ८० प्रतिशत एशोसिएशनलाई र २० प्रतिशत मात्र आफ्नो कम्पनीलाई समय दिन्छु । यो मेरो प्रतिबद्धता हो ।
हामीले पहिला ५० प्रतिशत यता र ५० प्रतिशत उता दिन्थ्यौं अहिले पूरा टाइम दिन जरुरी छैन किनकी हामी तोकेको २ वर्षमा हामीले गर्नुपर्ने कामहरु सजिलै गर्छौ त्यो भनेको कार्य विभाजन गरेर ११ जनाले गर्ने काम ६६ जनाले गर्दैछौं । यो अर्थमा भनेको हो ।
० अन्तमा अहिले निर्वाचित भएपछि एकाउन्टेन्ट सदस्यहरुलाई के भन्ना चाहनुहुन्छ र केही सुझाव छन् भने भनिदिनुहोस् न ?
हामी विशुद्ध पेशासँग आबद्ध भएका मान्छे छौं । यो चाटर्ड एकाउन्टेन्ट भनेको शब्द नै एलाइट शब्द हो । बौद्धिक मान्छेहरुले यसलाई सिए साब भनेर रेस्पेक्ट गर्छन् त्यो कल्चरल हो । हामीमा बौद्धिक लेवलमा दुःख गरेर पढेर पास गरेर इज्जत कमाउने पेशा हो यो इज्जतलाई हामी सबैले मेन्टेन गर्न सक्नु पर्छ । समाजमा पनि मेन्टेन गराउनको लागि उत्तिकै जिम्मेवार हुनुुपर्छ हामी नेतृत्व पंक्तिमा बस्दै गर्दा यो विषयलाई कसरी मेन्टेन गर्ने भन्ने कुरामा चिन्तित छौं । त्यो चिन्तालाई ब्रण्ड समाजमा यो राज्यले नबुझेको अवस्थामा राज्यलाई बुझाउन कसरी सकिन्छ त्यो कुरामा बढी ध्यान दिनुपर्छ सबै सिएसावहरुलाई मेरो यही सुझाव छ । अर्को मलाई सबैले माया गरेर, क्षमता देखेर विश्वास गर्नुभएको तपाइहरु सबैलाई यसै सञ्चार माध्यमबाट धन्यवाद आभार व्यक्त गर्दछु ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend