जन आकाश
काठमाडौं । नेकपा मालेको सातौं महाधिवेशन पछिको पहिलो राष्ट्रिय पषिद्को बैठक गएको १,२ र ३ गते दाङको घोराहीमा सम्पन्न भएको छ । उक्त बैठकमा पार्टीका महासचिव सीपी मैनालीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा बृहत छलफल गरी केन्द्रीय समितिमा पठाउने निर्णय भएको छ । तीनदिन सम्म चलेको बन्द शत्रमा देशभरीबाट प्रतिनिधित्व गरी आएका नेताहरुले पार्टीले अंगीकार गरेको हामी फेरी उठ्छौं भन्ने शिर्षकलाई जोड दिँदै विभिन्न विषयमा छलफल र सुझाव समेटेर संगठनको प्रारुप तयार गरी पार्टी मजबुत बनाउने र राष्ट्र र जनताको पक्षमा काम गर्ने निर्णय गर्दे सर्वसहमतिले प्रतिवेदन पास गरेका छन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र लोकतान्त्रिक राष्ट्रवादीहरुसँग समेत कसरी मोर्चाबन्दी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको र ने.क.पा. मालले समय सापेक्षिक ढंगबाट नेपाल राष्ट्रको अस्तित्वको रक्षाको लागि सबै नेपालीलाई एक ढिक्का गराउने वातावरणमा पहलकदमी लिने पार्टीका महासचिवले बताउनु भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend