logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बिहिबार, चैत्र ८ २०७४

नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न



सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्र्रियात्मक सामसङ फोरमको आयोजना गरेको छ ।
श्री एच्.सी.होङ, अध्यक्ष तथा सामसङ साउथ वेष्ट एसियाका कार्यकारी अधिकृतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम मार्च २१ देखि मार्च २३ सम्म काठमाडाँैको होटल अन्नपूर्णमा आयोजना गरिएको थियो । कार्यक्रममा सामसङ नेपालका नेतृत्वको सहभागिता रहेको थियो ।
२०१७ मा खोज अनुसन्धान र प्रविधि विकासमा झण्डै १५ अरब खर्च गरेको यस कम्पनी विश्वमै नविंतम प्रविधिको विकास र अनुसन्धानमा तल्लिन रहेको अग्रनि कम्पनीमा पर्दछ ।
आइ एम बिज का अध्यक्ष तथा सामसङ नेपाल मोबाइल शाखाका प्रमुखले उक्त कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “सामसङले उपभोक्ताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना उत्पादनलाई निरन्तर नवीन भविष्यउन्मुखी अनि उच्च गुणस्तरीय बनाउँदै लाग्ने छ ।” उँहाले अगाडी भन्नुभयो “नेपालमा उपभोक्ताहरुको लागि हामीले मोबाइल, टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजरेटर लगायतका सामानको पहिलो रोजाईको ब्राण्डको रुपमा स्थापित छौँ । यो उपलब्धि हाम्रा साझेदारहरुको अथक लगनबाट मात्र सम्भव भएको हो । ”
कार्यक्रममा सहभागी साझेदारहरुलाई सामसङ नेपालको भविष्यको कार्ययोजना तथा कम्पनीको नयाँ उत्पादनहरुसँग अध्यावधिक गरिएको थियो ।
पहिलो दिनको कार्यक्रम साझेदारहरुको लागि आयोजना गरिएको थियो भने दोश्रो दिन प्रिन्ट तथा डिजिटल क्षेत्रका मिडियासँग सामसङको नेतृत्वको साक्षत्कार कार्यक्रम राखिएको थियो। कर्यक्रमको तेस्रो अनि अन्तिम दिन व्यावसायिक साझेदारसँग भेटघाट तथा अन्तर्कि्रया गरी उक्त कार्यक्रमको समापन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend