जन आकाश
काठमाडौं । २०२१ सालमा नुवाकोटको ककनीमा जन्मनु भएका मिनबहादुर मानन्धर सानै उमेरदेखि यातायात क्षेत्रमा रुची राखेर काम गर्न थाल्नु भएको हो । २०५३ सालमा चालक संघको अध्यक्षबाट संघको जिम्मेवारी सँगाल्दै आफ्नो काममा निपूर्ण भएर लागेका मानन्धरले २०५४ सालमा बालाजु मिनिवस व्यवसायी समितिको उपाध्यक्ष पदमा जिम्मेवारी लिनु भएको हो । त्यसपछि तत्कालै कार्यवाहक अध्यक्ष हुँदै २०५६ सालको अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि बालाजु मिनिबस व्यवसायी समितिलाई राम्रोसँग यात्रुहरुको सल्लाह सुझाव र व्यवसायीहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर काम गर्न सक्ने अध्यक्षको रुपमा मिनबहादुर सफल भएपछि पुनः दोहोरिएको अधिवेशनहरुबाट सबै व्यवसायीहरुले वान्स मोर, भन्दाभन्दै झण्डै वीस वर्षको अवधिसम्म अध्यक्ष पदमा जिम्मेवारी सँगाल्ने अवसर प्राप्त गरिराख्नु भएको छ । उनले अव त विश्राम लिनुपर्ला भनेर साथीभाइसँग सल्लाह गर्दा साथीभाइको माया र समर्थन उनलाई आइराख्ने भएको हुनाले निरन्तर अध्यक्ष पदमा रहनु परेको त्यस बालाजु मिनिवस व्यवसायी समितिका सदस्य बताउँछन् ।
मिन बहादुरको यातायात सेवाबाट शुरु भएको सेवामुखी काम बालाजु मिनिवसमा मात्र सीमित रहेन, उनले राष्ट्रिय महासंघ मिनिवस तर्फको उपाध्यक्षसमेत भएर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
त्यसैगरी विभिन्न संघ संस्थामा आबद्ध भई समाजसेवा समेत गर्दै आउनु भएका मिनबहादुर यतिबेला यातायात क्षेत्र अन्तर्गत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उत्तरी–पूर्व भेगको १३ वटा समितिको अध्यक्ष समेत हुन् भने एवीसी क्लबको अध्यक्ष साथै बालाजु टोल सुधार समितिको समेत अध्यक्ष पदमा रहेर प्रत्येक दिन, क्षण समाज सेवामा खट्दै आउनु भएका व्यक्ति हुन् ।
राजनीतिक रुपमा ने.क.पा. एमाले समर्थित भएपनि व्यवसायीक र समाज सेवाको हैसियतमा स्वतन्त्र रुपमा सबैसँग उत्तिकै सुमधुर सम्बन्ध राख्न सक्ने भनेको कुरा व्यवहारमा उतार्न सक्ने खुबीका धनी भएकै कारण बालाजु क्षेत्रमा र यातायात व्यवसायी बीचमा मिनबहादुर मानन्धर लोकप्रिय व्यक्ति भएको हुन् भन्ने उहाँलाई चिन्ने जान्नेहरुको भनाइमा यो सामाजिक कथा तयार गरिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend