logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रदेशको राजधानी सार्न रामेछाप नेकपा मालेद्वारा जोडदार माग


  • जन आकाश
  • शनिबार, चैत्र १७ २०७४

रामेछाप, चैत १८ । नेकपा माले जिल्ला कमिटी रामेछापले गत शनिबार पत्रकार सम्मेल सम्पन्न गरेको छ । २०७४ को तीन तहको निर्वाचनमा नराम्रो सँग हार व्यहोरेको मालेले यहि चैत्र १,२,३, गते दाङको घोराहीमा राष्ट्रिय परिषदको सम्मेलन सम्पन्न गरे लगतै पाटिको नीति र विधिमा आधारीत ह’दै र रामेछाप जिल्लामा जनताका मुख्य समस्याहरुलाई ध्यानमा राखेर जिल्ला कमिटीको वैठक सम्पन्न भएको र जिल्ला कमिटीले गरेका निर्णयहरु जानकारी गराउन पत्रकार सम्मेलन गरिएको जिल्ला सचिव ओम वावु पुरीले जानकारी दिनु भएको छ ।
जिल्ला कमिटीको वैठक १६ र १७ गते वसेको थियो । वैठकको निर्णय सार्वजनिक गर्न एस.एस होटल मन्थलीमा कार्यक्रम आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा केन्द्रवाट आएका नेकपा मालेका केन्द्रिय सदस्य तथा नेकपा मालेवाट २०७४ को प्रतिनिधि सभा सदस्यको लागि प्रतिष्पर्धा गरेका मोहन कार्कीले रामेछापको वृहत विकासको योजना सहित भावि कार्यक्रमहरु रामेछापको लागि तय भईरहेको र सवै गाउँ पालिका वडामा उक्त जनमुखी कार्यक्रम संचालन गर्न अग्रीम जानकारी गराउन पाउदा खुसी लागेको पत्रकार माझमा वताउनु भएको छ । साथै कार्कीले ३ नं. प्रदेशको राजधानी हेटौडामा राखेको विषयलाई रामेछाप वासीको ठूलो आक्रोस रहेको र सरकारमा भएका माओवादी– एमाले विगतमा सरकार चलाएको काग्रेसले जनताको मुलभूत विषय उठाउन डराएको रामेछापको विषयमा क’नै योजना नवनाएको हुनाले नेकपा मालेले रामेछापमा नेतृत्व लिनुपर्ने दवाव जनतावाट आएको हुदा जनताको साथमा रहेर नेकपा मालेले काम गर्ने पनि वताउनु भएको छ ।
३ महिना भित्रमा रामेछाप जिल्लामा जनताले महशुस हुने गरी जनतावाट चुनिएका जन प्रतिनिधी, सरकारी कर्मचारी, रामेछाप जिल्लामा निर्माणको जिम्मा लिएका निर्माण कम्पनी लगाएत सवैलाई तोकिएको समयमानै काम सम्पन्न गर्न चेतावनी दिदै माले जिल्ला प्रतिनिधीहरुले आक्रोस पूर्ण अभिव्यक्ती दिएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend