logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०७४

रामेछापमा बस दुर्घटना एकको मृत्यु, १२ जना घाइते
रामेछाप । रामेछापको जिल्लाको गोकुलगंगा गाउँपालिका २ ठोसेको तकदिन डाँडा नजिकै भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य १२ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट रामेछापको बाम्ती भण्डारतर्फ जाँदै अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस दुर्घटनामा परी उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका केहीलाई काठमाडौं र सामान्य घाइतेको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend