logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सीपी मैनाली र विप्लप एक हुँदै


  • जन आकाश
  • बिहिबार, चैत्र २२ २०७४

काठमाडौं । नेकपा मालेका अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष ‘विप्लप’को पार्टी वीच एकता हुने भएको छ । एकिकृत पार्टीको अध्यक्षमा सिपी मैनाली रहने छन् । यद्धपि यो निणर्य भैसकेको छैन। नेकपा (माले) का प्रवक्ता कुमार बेल्बासेले –‘संगठानात्मक बिषयका बिभिन्न विकल्पमा पनि छलफल भएका छन् । अध्यक्ष र महासचिव रहनेगरि जाने कि भन्ने पनि छ ।’
नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक बसेको पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त जनसंघर्ष लगायतका विषयमा वार्ता केन्द्रीत रहेको बताइएको छ ।
संयुक्त जनआन्दोलन दिवसलाई राजनीतिक रुपले मनाउने विषयमा छलफल भएको तथा वार्ता पुनः गर्ने निर्णय भएको वार्तामा संलग्न नेकपा (माले) का प्रवक्ताकुमार बेल्बासेले जानकारी दिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend