logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

इक्यानको निर्वाचनमा तातो बहस


  • जन आकाश
  • सोमबार, चैत्र २६ २०७४

मुकुन्दकुमार कार्की
काठमाडौं । यही आउँदो वैशाख ८ गते नयाँ बर्षको पावनसँगै एजुकेशन कन्सलटेन्सी एशोसियसनको १२औं अधिवेशन हुन गइरहेको छ । झण्डै ३५० इक्यानमा आबद्ध सदस्यहरु र झण्डै १५ सयको हाराहाराीमा देशभरीका कन्सलटेन्सीका सञ्चालक सदस्यहरु, शिक्षाक्षेत्रसँग सम्बन्धित निकायहरुबीचमा नेपालका युवायुवतीहरुको भविष्य, देशको अवस्था र कन्सलटेन्सी व्यवसायको विगत, वर्तमान र भविष्यसँग जोडेर एजुकेशन कन्सलटेन्सी बढी मात्रामा रहेको पुतलीसडक, बागबजार, नयाँ बानेश्वरलगायत स्थानहरुमा तात्तातो बहस शुरु हुने भएको छ । व्यवसायहिरु कार्य समितिको लागि आफ्नो उम्मेदवारी पनि तयारी गरिसकेका छन् ।
जसमध्ये वाम प्यानलबाट अध्यक्ष, विष्णुहरि पाण्डे, उपाध्यक्षहरुमा खड्ग तामलिङ लिम्बु, देवीदास भट्टराई, सपना राजभण्डारी, महासचिवमा शेषराज भट्टराई, सचिवमा दीपक भूषाल, सोम कँडेल, कोषाध्यक्षमा गोविन्द अधिकारी, सहकोषाध्यक्षमा अनुपमा महर्जन रहेका छन् भने लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा सरोजकुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशवावु तिमिल्सिना, उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा बिक्रम केसी, ज्ञानेन्द्रमान जोशी, कोषाध्यषमा सुर्य बहादुर डाँगी, सहकोषाध्यषमा राकेश श्रेष्ठ रहेका छन् । २०७५ सालको नयाँ बर्षको खुसियालीमा सँगै शिक्षाक्षेत्रसँग सम्बन्धित एजुकेशन कन्सलटेन्सी व्यवसायले उच्च शिक्षा हासिल गराउन पठाइएको विद्यार्थीहरुहरुले महत्वपूर्ण भूमिका खेल्दै दक्ष जनशक्ति स्वदेश सम्झेर नेपाल फर्कने र बिकसित नेपालको योजना बनाउँदै काम गर्ने खालका शिक्षा प्रदान गर्ने दक्ष, अनुभवी, कन्सलटेन्सीहरुको टिमले एशोसियशनमा निर्वाचन जितुन भन्ने हाम्रो प्रकाशन कामना गर्दछ ।
खाली कमाउनका लागि जस्तोसुकै कार्य गर्ने छाडा कन्सलटेन्सीहरु लाई नियन्त्रण गर्न सक्ने सक्षम नेतृत्व इक्यानले पाओस् त्यो वातावरण व्यवसायीले बनाएर अशल भूमिका निर्वाह होस् भन्ने उद्देश्य राखी यो समाचार तयार गरिएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend