logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सरकारद्वारा फेरि सचिवको सरुवा


  • जन आकाश
  • मंगलबार, चैत्र २७ २०७४

काठमाडौं, चैत १७ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
यस्तै प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई पदोन्नतीसहित प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले गुपचुप ढंगले ३० सचिवको सरुवा गर्ने गरेको थियो भने सो सरुवाका सम्बन्धमा माओवादी मन्त्रीहरुले तीब्र असन्तुष्टि जनाएका थिए ।
बैठकले नयाँ शैक्षिक सत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्रीदेखि, राजनीतिक दलका नेता, कलाकार बुद्धिजीवि, पत्रकारलगायात समाजका हरेक तह र तप्काका व्यक्तिलाई एक बच्चा विद्यालयसम्म पुर्याउनको लागि पहल गर्न समेत आहवान गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend