जन आकाश
डीलकुमारी नेपाल,
चितवन, २७ चैत । भएको छ ।गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौता सम्बन्धी पत्रमा एक समारोहका बीच म्झैतापत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो ।सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त रश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन भएको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको हो ।
भरतपुर महानगरपालिकाको तर्फबाट डा। विश्वास श्रेष्ठले यस सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए ।सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने बताए ।
शैक्षिक सहकार्य सम्बन्धी हस्ताक्षर कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, पत्रकारहरु, विश्वविद्यालयको तर्फबाट सहप्राध्यापक सुन मे एवं डिभिजन प्रमुख छन छ्याङ्ग तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।यस सम्झौताले उच्चशिक्षाको दुई देशबीच सामाजिक, साँस्कृतिक , जेहेन्दार विद्यार्थीहरुलाई एक विषेश अवसर प्रदान गर्ने र महानगरले उच्चशिक्षा हासिल गरेका जनशक्ति प्राप्त गर्ने भरतपुर महानगरपालिकाले विश्वास लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend