logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नारायणगढ फुड फेस्टिबल


  • जन आकाश
  • मंगलबार, चैत्र २७ २०७४

सुबोध नेपाल, चितवन, चैत्र २७
( नेवास् पुचस् नारायणगढले नया बर्षको अबसर पारी “नारायणगढ फुड फेस्टिबल(२०७५ गने भएको छ । चैत्र २९ देखि बैशाख ३ गते सम्म क्याम्पाचौरमा फुड फेस्टिबल हुने आयोजकले भरतपुरमा पत्रकार सम्बेलन गरि जानकारी दिएको हो ।फेस्टिवल परिसरमा प्रबेस निशुल्क छ । नया बर्ष मनाऔ”“क्याम्पाचौर जाऔ, भन्ने मूल नाराका साथ कार्यक्रम हुने आयोजन नेवास्पुचस् नारायणगढले बताएको छ । फेस्टिवलको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नु हुने छ । यसपालिको फुड फेस्टिवलमा रास्ट्रीय स्थानीय कलाकारको प्रस्तुति सहित भिमसेनको ठुलो मुर्ति राखिने नेवास्पुचस्नारायणगढका अध्यक्ष एबम फुड फेस्टिवल समिति संयोजक ज्ञानेन्द्रमान शाक्यले बताए ।



५ दिन सम्म चल्ने फेस्टिबलमा करिब ८० वटा स्टल रहने छन् । खानाका पारखी हरु र स्थानीय तथा बाह्य पर्यटकलाइ आकर्षित गर्ने गरि फेस्टिवल संचालन हुने शाक्यले जानकारी दिए । करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । फेस्टिवललाइ सम्पन्न गर्न नेवास्पुचस्नारायणगढका अध्यक्ष ज्ञानेन्द्र मान शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन भएका छन् ।गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन रहने फुड फेस्टिवलको प्रबद्दन उद्योग वाणिज्य संघले गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend