logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको अचानक ह्विल लक


  • जन आकाश
  • मंगलबार, चैत्र २७ २०७४

दीक्षा गुरुडग,पोखरा, २७ चैत ।
पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको अचानक ह्विल लक भयो । रनवे मा गुड्दै गर्दा प्लेनको ह्विल लक भएपनि कुनै मानवीय वा भौतिक क्षति भएको छैन । प्लेन धावनमार्गमै रोकिएपछि सबै उडान प्रभावित भएका छन् ।अहिले लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी गरिएपनि त्यो सफल भएको छैन । ‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि सानो जहाजमा काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ’, विमानस्थल श्रोतले भनेको छ । पोखराम दैनिक तीन दर्जन उडान हुँदै आएको छ । यतिसँगै बुद्ध एयर, सिम्रिक, तारा, नेपाल वायु सेवा निगमले उडान भर्ने गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend