logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सशस्त्र प्रहरी प्रधान कार्यलयमा विदाई


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०७४

२०७४र१२र२८ गते हल्चोक काठमाडौं सशस्त्र प्रहरी प्रधान कार्यलय । अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा विशेष समारोहका बीच विदाई गरिएको छ । श्रेष्ठसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरिएको छ ।



विशेष समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेन्द्र खनालले उनीहरुलाई फुलमाला र खादा लगाई बिदाई गरेका हुन् । खनालले उनीहरुलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका छन् ।

स–सम्मान विदाई भएका श्रेष्ठले उक्त विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आईपुग्दा आफूलाई दायित्व निर्वाहमा सहयोग पु¥याउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् ।

श्रेष्ठले नवनियुक्त आईजीपी खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरे ।

सशस्त्र प्रहरी परिवार महिला संघकी निवर्तमान अध्यक्ष सरिता श्रेष्ठ तथा निवर्तमान उपाध्यक्षद्वय आशा शाही र मुना ओझालाई संघकी नवनियुक्त अध्यक्ष सरिता खनालले फुलमाला तथा खादा ओढाई विदाई गर्नुका साथै मायाको चिनो प्रदान गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend