logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिन्द्राका गाडीले ल्यायो घरदैलोमै मर्मत सेवा


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०७४

 



महिन्द्राका गाडी ग्राहकलाई अटोवर्कस्ले ल्यायो घरदैलोमै मर्मत सेवा
काठमाडौं । सार्वजनिक यातायात व्यवस्थित नभएको उपभोक्ताको गुनासो छ । त्यसो त निजी सवारीसाधन हुनेहरुलई पनि सजिलो छैन । नेपालका सडकमा हुने खाल्टा–खुल्टी र अप्ठ्यारा घुम्तीले गाडी छिट्टै बिग्रिने सम्भावना बढी हुन्छ ।

अचानक गाडी बिग्रेपछि गाडी खरिद गरेकै ठाउँमा जाँदा मर्मत गर्न हिच्किचाउँछन् कम्पनीहरु । मर्मत नै गरे पनि अति मुस्किलले धेरै समय लगाएर मर्मत गरिदिने चलन छ । सकेसम्म उपभोक्ताको गुनासो सुन्नै चाहँदैनन् उनीहरु । सवारीसाधनको लागि ‘जेन्युन स्पेयर्स पार्टस्’ पाउनु त झनै मुस्किल छ ।

फोकश

नेपालको यस्तै भौगोलिक जटिलता मध्यनजर गर्दै अग्नी गु्रपले सर्भिस सेन्टर ‘फुल फेज’मा सञ्चालन गर्दैआएको छ । भारतीय चारपांग्रे तथा दुईपांग्रे सवारी निर्माता कम्पनी महिन्द्रा गाडीको ‘सोल्ड डिस्ट्रिब्युटर’ हो अग्नी गु्रप ।

अग्नीले २५ वर्षयता निरन्तर महिन्द्रा कम्पनीका गाडीलाई नेपाली उपभोक्ताको हातहात सहज रुपमा पुर्याउँदैआएको छ । सवारी विक्रीका साथसाथै कम्पनीले पछिल्लो समय सर्भिस सेन्टर र स्पेयर्स पार्टस्मा आफ्नो सेवा केन्द्रित गरेको छ ।

गुनासोरहित सेवा

जटिल सडकमा पनि सहज यात्राका लागि निजी सवारीसाधन किन्ने उपभोक्तालाई बिक्रीपछिको सेवा गुणस्तरीय बनाउन अग्नीले जोड दिएको हो । अग्नी गु्रपले महिन्द्रा गाडी धनीलाई उत्कृष्ट सेवा दिनका लागि बालाजु अटोवर्कर्सको स्थापना गरेको छ । बालाजु अटोवर्कर्सले बालाजु औद्योगिक क्षेत्रभित्रबाट पाँच वर्षयता सवारी मर्मतका साथै ुजेन्युन अटोपार्टस्ु बिक्री गर्दैआएको छ । बालाजु अटोवर्कर्सले अन्तर्राष्ट्रियस्तरको सर्भिस सेन्टरबाट गुनासोरहित सेवा प्रदान गरिहेको बताउँछन् कम्पनीका डिजिएम अमित चौधरी ।

सवारी मर्मत गर्दा ग्राहकले गुणस्तरीय सेवा पाउनेमा कुनै शंका नगर्न उपभोक्तालाई चौधरीले विश्वास व्यक्त गरेका छन् । साथै त्यस्ता शंका भए पनि आफूहरुले पूर्ण रुपमा ‘क्लियर’ गरिदिने उनको भनाइ छ । चौधरीका अनुसार कम्पनीको पहिलो प्राथमिकता नै सवारी मर्मतलाई राखेको छ ।

‘समयमा नै क्वालिटी सर्भिस दिन सक्यो भने मात्र कस्टमर पनि पैसा तिर्न तयार हुन्छन्,’ उनले भने, ‘कम्पनीले कस्टमरलाई शतप्रतिशत सन्तुष्ट दिने लक्ष्य राखेको छ ।’

क्वालिटी चार्ज

गजवको कुरा त के भने, अटोका स्पेयर्स पार्टस् खरिदमा समेत कम्पनीले एकरुपता कायम गरेको छ । यसलाई ‘क्वालिटी चार्ज’ भन्न रुचाउँछन् चौधरी । उनका अनुसार ग्राहकले सर्भसुलभ मूल्यमा जेन्युन स्पेयर्स पार्टस् खरिद गर्न सक्छन् ।

नेपालभर सञ्चालनमा रहेका सभिर्स सेन्टरबाट पार्टस् गरिद गर्दा काठमाडौंकै मूल्यमा प्राप्त हुने उनी बताउँछन् । उनी थप्छन्, ‘सबै सर्भिस सेन्टरमा जेन्यून स्पेर्यस पार्टस् उपलब्ध छन् । ‘युनिफर्म एमआरपी’ अर्थत समान मूल्य छ । हाम्रो पोलिसी काठमाडौंको एमआरपी र ताप्लेजुङको एमआरपी समान राख्नु हो ।’

सातै दिन र २४सै घण्टा सेवा

बालाजु अटोवर्कस्ले ग्राहकहरुलाई सहज होस् भन्ने उद्देश्यले देशैभर सर्भिस सेन्टरको स्थापना गरेको हो । सर्भिस सेन्टरमा हप्ताको सातै दिन र २४सै घण्टा सर्भिस उपलब्ध हुने कम्पनीको भनाई छ ।

सर्भिस सेन्टरले कुनै पनि स्थानमा गाडी बिग्रिएमा उक्त स्थानमा गई गाडी मर्मत गर्छ । त्यसका लागि ग्राहकले आफूलाई पायक पर्ने सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्छन् । बिग्रिएको स्थानमा गएर मर्मत गर्न नसके मोबाइल भ्यानको सहयोगले नजिकको सर्भिस सेन्टरमा पठाएर मर्मत गराउने व्यवस्थासमेत छ । यस हिसावले पनि ग्राहकलाई आफ्नो कम्पनीको सेवामाथि ढुक्क हुन चौधरी बताउँछन् ।

सुविधा सम्पन्न सर्भिस सेन्टर

सर्भिस सेन्टरलाई गाडीको अस्पतालको रुपमा अथ्र्याउँछन् चौधरी । अस्पताल पक्कै पनि फराकिलो र सफा हुनैपर्छ भन्ने उनको मान्यता छ । ‘पहिले सर्भिस सेन्टर साना र साँघुरा हुन्थे । ग्राहक आएर बस्ने ठाउँसमेत हुँदैनथ्यो,’ उनले भने । तर आफ्नो सर्भिस सेन्टर अत्याधुनिक भएको उनले बताए ।

साथै, आधुनिक प्रविधिद्वारा गाडीको चेकजाँच तथा मर्मत गर्ने चौधरीले बताए । आधुनिक मेसिनद्वारा गाडी धुने र सफा गर्ने सुविधा पनि देशैभरीका सर्भिस सेन्टरमा उपलब्ध छन् ।

कम्पनीका देशैभरी ४० भन्दा धैरै सुविधा सम्पन्न सर्भिस सेन्टरबाट सेवा दिइरहेको छ । सर्भिस सेन्टरबाट महिन्द्राका गाडी धनीहरूले अझ बढी सुलभ, छिटो, छरितो र गुणस्तरीय सेवाबाट लाभान्वित हुनेमा उनी विश्वस्त छन् । ग्राहकको मागअनुसार कम्पनीले सर्भिस सेन्टरलाई अझै थप्दै लैजाने योजनासमेत बनाएको उनले बताए ।

‘स्कीलफूल म्यानपावर’

वर्षैपिच्छे गाडीका मोडेल परिवर्तन भइरहन्छन् । नयाँ मोडेलका गाडी भित्रिने पुराना मोडेलका गाडी विस्तापित हुने प्रक्रिया नै हो । सबै प्रकारका सवारीसाधन मर्मतका लागि स्कीलफूल मेकानिक्सको आवश्यकता पर्छ नै ।

महिन्द्राका सवारी मर्मत संभारका लागि देशैभरी ३ सयभन्दा बढी दक्ष, अनुभवी र तालिम प्राविधिकहरु सेवाका लागि हर्दम तयार रहेको चौधरीले जानकारी दिए । उनका अनुसार १० जना मेकानिकल इन्जिनियरसमेतले मर्मतका लागि खटिएका छन् ।

आधुनिकतासँगै गाडीमा पनि नयाँ नयाँ प्रविधि भित्रिन थालेको छ । विभिन्न सेन्सर जडित सवारीसाधनहरु नेपालमा आउने क्रम जारी छ । त्यसैले कम्पनीले नयाँ मोडेलका गाडी भित्रिने बित्तिकै प्रत्येक सर्भिस सेन्टरबाट एक जनालाई भारतमा तालिमका लागि पठाउने गरेको छ । त्यस्तै मेकानिकहरुलाई तीन–तीन महिनामा रिफ्रेस्मेन्ट तालिम पनि दिने बताउँछन् चौधरी ।

‘गाडीमा टेक्निकल कुरा एकदमै भास्ट छन् । इलेक्टिकली भास्ट छ, कम्प्युटरको हिसावले भास्ट छ । त्यही भएर स्कीलफूल टेक्निसियन मात्र हामीले हायर गरेका छौँ,’ उनले भने, ‘इलेक्ट्रोनिकली भास्ट सिस्टम छन्, गाडीमा ‘इसियो’ हुने, ‘सेन्सर’ हुने, त्यस्ता कुरासँग खेल्ने मान्छे हामीले राखेका छौँ । क्वालिफाइड वर्कस्ले देशैभरी सर्भिस दिँदैआएका छन् ।’

‘अनदस्पोट रेस्पोन्स’

नेपालको कुनै पनि ठाउँमा सवारीसाधन ब्रिग्रिएमा टोलफ्री नम्बरः १६६००१००२०० र एनसेल नम्बरस् ९८०१५७१२१२ मा सम्पर्क गर्ने सुविधा ल्याएको छ कम्पनीले । सम्पर्क गर्दा कम्पनीले अनदस्पोट रेस्पोन्स दिनेगरेको छ ।

कतिपय ग्राहकलाई कुन काम कति समय लाग्छ भन्ने थाहा छैन । नयाँ मोडेलका गाडी इलोक्ट्रोनिक ईस्यू भएका हुन्छन् । फोल्ड पत्ता लगाउन केही समय लाग्न सक्छ । यस्तो समयमा सर्भिस हुन केही समय लाग्छ । डाक्टरले बिरामी डाइनोसिस गरे जस्तै प्रक्रिया हो यो । यसैले पनि ग्राहकले झर्को मान्नु स्वभाविक बताउँछन् चौधरी ।

कतिपय सर्भिस सेन्टरले समयमा नै मर्मत गरिदिन्छु भन्ने तर महिनौँ लगाइदिने शैली भने उचित नभएको चौधरीको भनाइ छ । उनी भन्छन् ‘त्यहाँ केही रहस्य लुकेको हुनसक्छ, यस्तो अवस्थामा कस्टमर चनाखो हुनु पर्छ ।’

काठमाडौंमा आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्कस, एम अटोमोबिल्स, बल्खु, युनिक आइडेल अटोमोबिल्स, बालकुमारी, एमके अटोओर्क, सिनामंगल, प्रनाम अटोमोबिल्स, बाफल, महिन्द्र जोरपाटि अर्कस, जोरीपाटी, इलाइट अटोमोटिभ, गौशाला, गुण अटोमोबिल्स, धुम्बाराहीमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend