जन आकाश
काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान)को १२औं अधिवेशनको लागि विष्णुहरी पाण्डे समूहबाट हिजो उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी सार्वजनिक नयाँ बानेश्वरस्थित अल्फाविटा हाउसमा विष्णुहरी पाण्डे समूहले ‘सही व्यक्ति सही स्थान सुदृढ र समृद्ध इक्यान’ भन्ने नारासहित घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणा पत्रमा २६ बुँदा समेटिएका छन् । जसमा सामान्य शिक्षादेखि अन्तर्राष्ट्रिय शिक्षाको विकाससम्म जोडेर तयार गरिएको देखिन्छ ।
घोषित उम्मेदवारहरु यसप्रकार छन्ः
अध्यक्ष विष्णुहरी पाण्डे, उपाध्यक्षहरु देवीदास भट्टराई, खड्क बहादुर ताम्लिङ लिम्बु, सपना अधिकारी, महासचिव शेषराज भट्टराई, सचिवहरु श्याम बहादुर कँडेल, दीपकराज भूषाल, कोषाध्यक्ष गोविन्द अधिकारी, सहकोषाध्यक्ष निरुपमा महर्जन रहेका छन् भने सदस्यहरुमा प्रकाश पाण्डे, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, बासुवेद दाहाल, यज्ञविलास पौडेल (वाई.बी.), बालकृष्ण श्रेष्ठ (वि.के.), महेश श्रेष्ठ, सुदन चौहान, सुष्मा आचार्य रहेका छन् ।
शैक्षिक परामर्श संघमा आबद्ध झण्डै चारसयको हाराहारीमा सदस्य संख्या रहेका छन् यो संघले विशेषत विदेश पढ्न जाने विद्यार्थीहरुका लागि काम गर्ने शैक्षिक परामर्श सञ्चालक नै यस संघका पदाधिकारी हुन्छन् घोषणा सभामा व्यवसायीहरुले व्यवसायीहरुको हकहितमा काम गर्ने उम्मेदवारहरुले बताए भने विभिन्न वक्ताहरुले सल्लाह सुझाव पनि दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend