जन आकाश
टोप बहादुर कार्की (अध्यक्ष) हिमगंगा यातायात
टोप बहादुर कार्कीको जन्म रामेछाप जिल्ला त्यतिबेलाको गुम्देल गा.वि.स. ज्याम्दे–८ मा जन्म भएको हो । हाल उमाकुण्ड गाउपालिका १ मा पछि रामेछाप जिल्लाको सबैभन्दा क्षेत्रफलमा ठूलो गा.वि.सको रुपमा परिचित गुम्देल प्राकृतिक स्रोत–साधनले धनी भएता पनि भौगोलिक विकटताका कारण सेवा सुविधाबाट वञ्चित थियो भने यातायातको पहुँच त आजसम्म सहज हुन सकेको छैन त्यही क्षेत्रका टोप बाहादुर कार्की गुम्देलबाट खर्क र वेसी गर्दै मेहनत गर्न सिकेको बानी लिएर २५ वर्षको उमेरमा काठमाडौं प्रवेश गरेका थिए आज सानो भोजानालयबाट शुरु गरेको व्यवसायले यातायात व्यवसायी हुदै आफ्नो जन्मथलो गुम्देलमा यातायात पु¥याउन समेत पहल गरिराख्नु भएको छ । उहाँसँग गरेको कुराकानी
काठमाडौं कहिले आउनु भएको थियो ?
२५ वर्षको उमेरमा आएको थिए ।
काठमाडौं आएपछि के गर्नुभयो ?
शुरुमा काठमाडौंमा आएर केही समय के गर्ने होला भनेर सोंच बनाए बसेँ र स–सानो भएपनि खाजा, खाना ख्वाउने सेवामुखी काम गरु भनेर चावेलमा कालिञ्चोक भोजनालय खोले आजभन्दा २ महिना अगाडीसम्म कालिञ्चोक भोजनालय सञ्चालनमा थियो अहिले त्यहाँ निर्माणको काम भइराखेको हुनाले बन्द छ ।
यातायात क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
मैले भोजनालयबाट मेहनत गरेर कमाएको पैशालाई २०५६ सालमा शुरुमा ना. १ ज ८००७ अरनिको यातायात सेवा समितिमा एउटा बस सञ्चालनमा हाले त्यसपछि बढाउँदै लगे र तीनवटा बस अरनिको यातायात अन्तर्गत सञ्चालन गरे झण्डै १७ वर्षसम्म निरन्तर अरनिको यातायात व्यवसाय गर्दा सिन्धुपाल्चोक, दोलखा, काभ्रे रामेछाप गइरहनुपर्दा कहिले बस विग्रदा, कहिले केही समस्या हुँदा त्यस भेगका विकट क्षेत्रका मानिसहरुको यातायातमा पहुँच नहुदा उनिहरुले पाएको दुख देखेर यातायात क्षेत्र छोडन मन लागेन र निरन्तर सेवा दिने उद्देश्यले काम गर्दै गए ।
अहिले तपाई हिमगंगा यातायात सेवा समितिको सुमो यातायात व्यवसायमा हुनुहुन्छ ? सुमो व्यवसायमा के कुराले आकर्षण ग¥यो ?
मैले १७ वर्षसम्म निरन्तर अरनिको बस सञ्चालन गर्दा हाम्रो रामेछाप जिल्लाको अप्ठ्यारो बाटो त्यहाँमाथि साँघुरो त्यसमा पनि अझै कच्ची बाटो खाल्डा र खुल्डी हुदा त्यस्तो बाटोमा बस कुदाउदा बढी जोखिम देखे र पटक–पटक चिनेजानेका राजनीतिक अगुवा, समाजसेवी, पढेलेखेका साथीहरु सरकारी कर्मचारी सबैसँग मैले सडक राम्रो छैन सडकको लागि पहल गरौं भनेर धेरै पटक रामेछापमा हामीले कुरा राख्यौ तर सोचे जस्तो सडकको निर्माण भएन त्यसपछि म आफै जन्मेको, हुर्केको गुम्देलमा त आफै गाडी साहु भएर पनि घर जानुप¥यो भने शिवालयमा झरेर एकदिनको बाटो हिडेर पुग्नुपर्ने अवस्था थियो । त्यस्तोबेला साना गाडी सुमो मुस्ताङमा र हेटौडाको बाटोमा कुदेको मैले देखेको थिए । बस सञ्चालक भएको हुनाले यातायात व्यवसायीहरुसँग बेला–बेलामा भेटघाट हुने ग¥थ्यो र त्यही सिलसिलामा साथीभाइकै सल्लाह र एकदमै भित्रैदेखि आफू जन्मेको ठाउँमा यातायात सुविधा दिने उद्देश्य राखेर नै सुमो व्यवसायमा लगानी गरेको हो ।
अहिले हिमगंगा यातायात सेवा समितिसँग कति सुमो छन् काँहा काँहा सेवा दिइराख्नुभएको छ ?
हामीसँग अहिले ८० वटा सुमो रहेका छन् प्रत्येक दिन रामेछाप जिल्लाको प्रदेश क्षेत्र नं. १ को सडक भएको क्षेत्रमा हामीले सेवा दिइरहेका छौं । जस्तै अहिले, को¥याम, बाम्ती, कुमुकाँस्ताली, गुम्देल, शिवालय, गर्जाङ्ग देउराली, प्रिती, भूजि, नमाडी, वेताली, खिम्ती लगायत क्षेत्रमा सेवा दिइरहेका छौ भने अन्य रामेछापका सागुटार, धोवी, सिरिसे लगायत क्षेत्रहरुमा पनि सेवा विस्तार गर्न त्यहाँका स्थानीयले माग गर्दै आउनुभएको छ । स्थानीयको सहयोग पायौ भने हामी अज्झै रामेछाप जिल्लाका घरघरमा सुमो विस्तार गर्नेछौ रामेछापवासी तर काठमाडौंमा बसोबास गर्ने रामेछापेलीहरुलाई हामीले हाम्रो स्वीकृत भएको रुटमा घर–घरबाट, कोठा कोठा अगाडी पु¥याउने र लीएर जाने गरेर हिमगंगा यातायातले सेवा दिइरहेका छौं । अर्काै हाम्रै जिल्ला रामेछापमा मान्छे विरामी पर्दा सीट बराबरको रकममा एम्बुलेन्स सरह सुविधा पनि दिदै आएका छौं ।
तपाई यस हिमगंगाको अध्यक्ष पनि हुनुहुन्छ तपाई अध्यक्ष भएपछि यस समितिमा के के सुधार गर्नुभयो भनिदिनुसन् ?
सबैभन्दा अगाडी हाम्रो अध्यक्ष अङकु शेर्पा हुनुहुन्थ्यो भने संस्थापक अध्यक्ष साराजङ्ग कार्की हुनुहुन्थ्यो त्यतिबेला समितिमा व्यवसायी साथीहरुमा खोइ के कुरो मिलेन अर्कै प्रा.लि पनि खोल्नुभयो मिस्टेक दुबै पक्षमा भए होलान तर अहिले मैले हिमगंगा यातायातको अध्यक्ष भएपछि समिति मातहतका कामहरु, जस्तै ट्राफिक सँगको समन्य, यातायात व्यवस्था विभाग सँगको समस्या, स्थानीय यात्रुहरुको गुनासो, चालक, सहचालकहरुको गुनासो, समस्या, गाडी साउहरुको पीरमर्का, बैकहरुमा आएका समस्या दुर्घटना लगायत कामहरु आफ्नो दिमागले भ्याएसम्म व्यवसायी मजदुर लगायत सबैसँग मिलाएर काम गरेको छु । त्यस कारण अहिले हामीबाट छुटेर जानुभएका साथीहरु फेरी पुनः हामीसँग जोडिई राख्नुभएको छ । यो एउटा ठुलो विश्वासको वातावरण यातायात व्यवसायीहरुबीचको सम्बन्ध बलियो भएर गएको छ । अज्झै हामीले यसलाई प्रगाढ बनाउन मेरो नेतृत्वमा पहल गरिराखेको छु ।
अहिले जताततै सिन्डकेटको कुरा उठेका छन् त्यही विषयलाई लिएर भक्तपुरका व्यवसायी र सरकारबीच दोहोरी चल्यो तपाईहरुमा सिन्डिकेट छ कि छैन ?
हाम्रोमा त्यस्तो सिन्डिकेट छैन । सिन्डकेट भएको भए हाम्रो एउटै नामको अर्काै प्रा.लि. किन खोल्न दिन्थ्यो हामी उद्धार छौ । तर के समस्या हुदो रहेछ भने एउटै संस्था दुइवटामा विभाजन भएपछि व्यवस्थापनमा समस्या हुँदो रहेछ केही दुर्घटना भयो भने थोरै संस्याको समितिमा पर्याप्त रकम हुदैन त्यहाँ समस्या हुन्छ हाम्रो हिमगंगा सेवा समितिमा त त्यो समस्या छैन तर हाम्रो एउटै संस्थाको पहिलाको साथीहरुमा अहिले त्यस्तै समस्याहरु हामीले देखेका छौं । त्यस कारण प्रा.लि खोल्दा व्यवसायी साथीहरुले सकेसम्म धेरै भन्दा धेरै सख्यामा गाडी हाल्न सकिन्छ भने मात्रै खोल्नुपर्छ नभए भएको समितिमा थप ग¥यो भने त्यसले व्यवस्थापन गर्न सजिलो हुन्छ यात्रुले पनि सही समयमा पुग्न पाउछन् जस्तै उदाहरण दिन खोजेको समितिका मातहतका सुमोहरु कहिल्यै खालि बस्दैनन त्यो किन बस्दैनन भने सबै क्षेत्रमा समितिका काउण्टरहरु छन् । र गाडीमा सीट मिलाउन र यात्रुहरुलाई सघाउन समितिका कर्मचारी खटेका हुन्छन् । समितिका पदाधिकारीहरुमा खबर भएको हुन्छ र समस्या आयो भने तुरुन्तै सावधानका उपाय निस्कन्छ जसले गर्दा यात्रु र यातायात व्यवसायी बीचमा सुमधुर सम्बन्ध रहन्छ दुबैतर्फ फाइदा हुन्छ तर थोरै संख्यामा गाडी भएका साथीहरुले खोलेको प्रा.लि.मा कर्मचारी संख्या थोरै काउण्टर थोरै हुन्छ र सिट मिलाउन समस्या र यात्रुले पनि समयमा यात्रा गर्न कठिन हुन्छ त्यसकारण सिन्डकेट हाम्रोमा छैन जथाभावी चै गरिनु हुदैन । जथाभावी ग¥यो भने हामीले पनि बैंकबाट ऋण धन गरेर गाडी किनेका हुन्छौ । जथाभावी गर्दा हाम्रो लगानी डुब्छ । हाम्रो लगानी डुब्नु भनेको जनताको लगानी डुब्नु हो ।
० अन्त्यमा
विशेष गरेर म ट्राफिक साथीहरुलाई अनुरोध गर्दछु । ३२ सिटे बसमा ६२,७०, १०० जनासम्म कोच्न मिल्ने तिनलाई कुनै कारवाही नगर्ने तर सुमोमा १० जनाको त सिटै हुन्छ त्यसमा कहिलेकाही इमरजेन्सी गाडीको साउ वा समितिको पदाधिकारी अगाडीपट्टी सिटमा बस्दा १५ सयको चीट काटिहाल्ने गर्नुभएको छ । यसो नगरी सम्झाएर परिस्थिति बुझेर मात्र चालकहरुलाई व्यवहार गरिदिनुस भनेर म यसै पत्रिका मार्फत आग्रह गर्न चाहान्छु ।
साथै यस हिमगंगा यातायात संघ समिति अन्तर्गतका व्यवसायी साथीहरु चालकहरु हिमगंगा यातायातका विभिन्न क्षेत्रका काउण्टरका साथीहरु, यातायात क्षेत्रसँग जोडिएका ट्राफिक प्रहरी राजश्व लगायत सबैलाई आउँदै गरेको २०७५ सालको नयाँ वर्षको शुभअवसरमा हार्दिक शूभकामना व्यक्त गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend