logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

इक्यानमा उमेश ढुंगेलको सम्भावना बढी


  • जन आकाश
  • सोमबार, बैशाख ३ २०७५

काठमाडौं । शैक्षिक परामर्श संघको १२ औं अधिवेशन आउँदो ८ गते सम्पन्न हुन गइरहेको छ । त्यस अधिवेशनमा सरोजकुमार बस्नेत समूहले निर्वाचन जित्ने अनुमान गरिएको छ भने उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका उमेश ढुंगेलको चर्चा निक्कै बढेको छ । हिजो बानेश्वरस्थित अल्फाबिटामा भएको उम्मेदवारी घोषणा कार्यक्रममा उमेश ढुंगेलले अत्याधिक मत प्राप्त गर्ने विषयमा सबै व्यवसायीको साथ रहने कुराकानी सुन्न सकिन्थ्यो त्यो आधारमा उपाध्यक्ष पदको लागि उमेश ढुंगेलको अगाडी बिपक्षी उम्मेदवार फिका हुने अडकल शैक्षिक परामर्श व्यवसायीले गर्न थालिसकेका छन् । शैक्षिक क्षेत्रमा तिक्ष्ण बुद्धि भएका ढुंगेल शैक्षिक परामर्श क्षेत्रमा एक उदाहरणीय काम गरेर आफ्नो परिचय बनाइसकेका व्यक्ति हुन् । उहाँलाई हामीले व्यवसायीलाई के आग्रह गर्न चाहनुहुन्छ भन्ने प्रश्न राख्दा इक्यानमा सक्षम योग्य व्यक्ति र संयुक्त व्यवसायीको हित चिताउन सक्ने व्यक्तिलाई निर्वाचनमा जिताउन आग्रह गर्नुभयो । उहाँले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिन लगाउने शुभेच्छुक र मतदाताको कारण परिस्थिति सहज बनेको र परिणाम आफ्नै पक्षमा आउने दावी गर्नुभयो । उहाँले दक्षता र व्यवसायिक हितमा काम गर्न सक्ने व्यक्तिको रुपमा आफूले विगतमा गरेका कामहरुको मूल्यांकन गरि साथीहरुले नै उम्मेदवार दिन लगाएका कारण सबैको साथ सहयोग र अमूल्य मतले जिम्मेवारी बहन गर्ने ठाउँमा पु¥याउने बताउनुभयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend