जन आकाश
काठमाडौं । सरोजकुमार बस्नेत समूहबाट उम्मेदवारी दिएका मनोरथ शाह शैक्षिक परामर्श संघको १२औं अधिवेशनमा बलियो स्थितिमा अगाडी बढिरहेका छन् । स्टुडेन्ट हेल्पलाइन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका मनोरथले गरिब जेहेन्दार विद्यार्थीहरुलाई विशेष गरेर बंगलादेशको युनिभर्सिटीहरुमा स्कलरसिपमा पढ्ने वातावरण बनाइदिएर सामाजिक तथा शैक्षिक उत्थान गर्दै आउनु भएको छ । उहाँ एक कुशल कम्प्यूटर इन्जिनियर समेत हुनुहुन्छ । उनले पढाएका, उच्च शिक्षा हासिल गर्न पठाइएका विद्यार्थीहरुको आस्थाको केन्द्र बनेका शाह हाल व्यवसायी माझमा नाम र काम दुबैले परिचित छन् । अहिलेको १२ औं अधिवेशनमा सरोज कुमार बस्नेत सहित टिममा धेरै मत ल्याएर जित्नेमा मनोरथ शाह पनि पर्ने अनुमान अहिलेदेखि नै गर्न थालिएको छ । उहाँलाई हाम्रो जन आकाशको पनि शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend