जन आकाश
हरिशरण के.सी. प्रतिभामुखी व्यक्ति हुन् । उनले गरेको मेहनत प्रगतिले राष्ट्रको प्रतिष्ठासम्म जाडेको छ । हरिशरण केसीको जन्म दोलखामा भएको हो । कलिलै उमेरमा काठमाडौं प्रवेश गरेका के.सी.ले खेलकुदलाई आफ्नो रुचीमा राखेको देखिन्छ त्यही खेलकुदप्रतिको रुचीकै कारण खेल्दै, खेलाउँदै जाँदा हाल दक्षिण एसियाली बादोरियो कराँते महासंघको अध्यक्ष, नेपाल कराँते महासंघको महासचिव र नेपाल बादोरियो कराँते डोजो संघको संस्थापक प्रमुख प्रशिक्षक समेत हुनुहुन्छ भने उनले जापानबाट पाँचौ ब्ल्याक बेल्ट प्राप्त गरिसक्नु भएको छ । उनले सम्हाली राखेको बादोरियो कराँते संघबाट खेलकुद प्रशिक्षण दिएका हजारौं हजार खेलाडी भइसकेका छन् भने राष्ट्रिय खेलाडीमा छनोट भई राष्ट्रिय पदक जितेर अन्तर्राष्ट्रियस्तरमा समेत पदक जिताउन सफल भएका प्रशिक्षक हुन् हरिशरण के.सी. । उनलाई हरिशरण (हुस) नामले खेलकुद क्षेत्र र समाजमा चिन्ने गर्दछन् । उनको परिचय यतिमा मात्र सीमित छैन । समाजसेवामा पनि उत्तिकै रुची राख्नुहुन्छ र विभिन्न सामाजिक कामहरु गरेर मानिसहरुको मन जित्दै आएका केसी (सुवेदी खत्री समाज)को संस्थापक अध्यक्ष रहनु भएको छ भने सेवामुखी व्यवसाय गर्नुपर्छ भन्ने सोच राखेर विगत झण्डै १५ वर्ष अगाडिदेखि कान्तिपुर यातायात व्यवसायी संघमा आबद्ध के.सी. हाल कान्तिपुर यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । पार्टीगत हिसाबमा बाम विचारलाई मान्ने भएपनि व्यवसायमा स्वतन्त्र विचार र व्यवसायीको हितमा काम गर्नुपर्छ भन्ने धारणा राख्ने हरिशरणले चितवनमा भएको पाँचौ अधिवेशनमा स्वतन्त्रबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभई निर्वाचित हुनुभएको हो ।
नेपाल यातायात व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगसँगै यातायात क्षेत्रमा भइरहेको माफियातन्त्रलाई परास्त गरेर जो साँच्चै नै यातायात क्षेत्रमा, श्रम गरेर जस्तै हेल्पर, ड्राइभर हुँदै आफ्नो पसिना पोखेर गाडी किनी व्यवसायी भएका व्यवसायीहरुको पक्षमा काम गर्दै आएको हामीलाई बताएका छन् भने अहिले यातायात क्षेत्रमा सुधार र यात्रुहरुको सुविधाको लागि कान्तिपुर यातायात व्यवसायी संघका केही विज्ञहरु समेत राखेर अध्ययन गरिरहेको र महासंघमा पदीय जिम्मेवारी बहन गर्दै तत्काल सरकारले यातायातका समिति, संघहरुलाई प्रा.लि.मा लैजान निर्देशन दिएको विषयमा पनि स्वतन्त्र विचार राखेका छन् । उनले भने– ‘म कुनै दल, पार्टीको झण्डा बोकेर व्यवसाय गर्दिन मलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष पनि सबैले त्यही स्वतन्त्र भएकै कारण साझा उम्मेदवारको रुपमा चुन्नुभएको छ । त्यसकारण अहिले सरकारले गरेको एकतर्फी निर्णय गलत छ । संघ, समितिलार्य खारेज गर्नुपर्छ भन्ने निर्णय पुर्नविचार गर्नुपर्छ ।
यसमा आशा गर्ने ठाउँहरु पनि मैले देखेको छु । अस्ति भर्खरै विविसी नेपाली सेवा न्यूजमा मैले यातायात कार्यकारी निर्देशक ज्यूलाई पत्रकारले सोधको प्रश्नमा उहाँको जवाफ सुनेको थिएँ । यातायात व्यवसायीहरुले त मान्दैन आन्दोलनमा जाने भन्छन् अव के हुन्छ भन्दा डिजीले उत्तरमा भन्नु भएको छ । मलाई यातायात व्यवसायकै पूर्व केही पदाधिकारी र वर्तमानका पनि केहीले आश्वसन दिएर फसाए मत कर्मचारी तर सरकारले निर्णय फिर्ता गर्छ भने मत तयार छु भनेबाट हामी सकारात्मक निर्णयको प्रतिक्षामा छौं ।
त्यस्तो सकारात्मक निर्णय आएन भने स्वदेशमा बसेर स्वरोजगार भई बिदेशमा बनेका लाखौं लाख पर्ने यातायातका साधन किनेर यात्रुहरुलाई सेवा प्रदान गर्दै आएका हाम्रो यातायातका ३ सयभन्दा बढी यातायातका संघहरुले घोर विरोध गरिसकेका छौं र चरणबद्ध आन्दोलन गर्दै हामी कति पनि पछि हट्नै छैनौ र पछि नहट्ने भन्दै यातायात व्यवसायी साथीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
त्यो आन्दोलन गर्नुको प्रष्ट पार्दै उनले भनेका छन् – यो आन्दोलन पूँजीपति वर्गको पक्षमा होइन यो आन्दोलन गरिखाने श्रमजीवि वर्गको पक्षमा हुनेछ जो प्रत्यक्ष हेल्पर ड्राइभर हुँदै व्यवसायी भएका वास्तविक गरिखाने वर्गको पक्षमा जो पछाडीबाट लगानी गरेर माफियातन्त्र जस्तै जग्गा दलाल गरेजस्तै गरी यातायात क्षेत्रमा अहिले दुईचार वटा नयाँ गाडी हालेर सेवा दिएको जस्तो गरिए पनि त्यो भोलि झनै खतरनाक माफियातन्त्र हुने र श्रमजिवी वर्ग विस्थापित हुने देखिन्छ । त्यस्तो हुन कदापी हामी दिने छैनौ यातायात व्यवसायीको पक्षमा म छु । मेरो स्वतन्त्र विचार के हो भने हाम्रो पार्टी, जहाँ जहाँ जे–जे भएपनि व्यवसाय गर्दा सबै एक ठाउँमा व्यवसायको पक्षमा उभिनुपर्छ सबै व्यवसायी साथीहरुलाई यसै मिडियामार्फत भन्न चाहन्छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend