जन आकाश
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले गत ५ गतेबाट आयोजना गरेको बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी १ दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम हिजो ११ गते सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सोही कार्यक्रम गाउँपालिकामा भने गत माघमा नै सम्पन्न भइसकेको र त्यसैको निरन्तरतालाई पूर्णता दिँदै निकट भविष्यमा दोरम्बा गाउँपालिकालाई २०७६ वैशाख सम्म बालमैत्री अभियान अन्तर्गत बालमैत्री स्थानीय शासन घोषणा गर्न गाउँपालिका लागिरहेको भन्दै कार्यक्रम योजना तथा कार्यक्रम सञ्चालन गर्न सहयोग गरिरहनु भएकी सहायक महिला विकास निरीक्षक सरिता बुढाथोकीले सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको थियो ।
त्यस कार्यक्रमका सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय तालिम सहजकर्ता विष्णु प्रसाद (चौवे) चर्तुुरवेदीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ (मोक्तान)ले बाल क्लब तथा बाल सञ्जाललाई नेतृत्व तथा क्षमता विकास गराउने उद्देश्य र बालमैत्री स्थानीय शासन सम्बन्धी सूचक सरलीकरण तथा आचारसंहिता निर्माण सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरि सकिएको र कार्यक्रमलाई गाउँपालिकाबाट वडास्तरसम्म कार्यक्रम सम्पन्न गराउन सहयोग पु¥याउनु हुने सबै उपस्थित स्थानीय बालबालिका, अभिभावक, कार्यक्रममा सहभागी, निजामती कर्मचारी, गाउँपालिका वडास्तरीय जनप्रतिनिधि सबैलाई धन्यवाद दिँदै आउँदो २०७६ वैशाखसम्म दोरम्बा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्य छ । उक्त उद्देश्य पूरा गर्न सबैको साथ रहने विश्वास व्यक्त गर्दै गाउँपालिका अध्यक्षले सम्बोधनका क्रममा बताउनु भएको थियो ।
स्थानीय जनप्रतिनिधि चयन भएपछि स्थानीय विकासमा रचनात्मक र दीर्घकालीन रुपमा समाजलार्य सुसूचित गर्न भूमिका निर्वाह गरेको दोरम्बा गाउँपालिकाले छोटो समयमा सकारात्मक सन्देश दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend