logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

–चीन सरकारलाई जोडी गैँडा उपहार


  • जन आकाश
  • शनिबार, बैशाख १५ २०७५

चितवन, वैशाख १३चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट जोडी गैँडा चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा नियन्त्रणमा लिन शुरु गरिने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्ने भएको छ । उहाँका अनुसार । एक पोथी गैँडा हामी नियन्त्रण गर्छौ ।”डार्ट गरेर गैँडा ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उहाँले बताउनुभयो ।ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर,लगायत सामग्रीसहित जनशक्ति परिचालन गरिने ।वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको छ । ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्को गैँडा नियन्त्रण गरिने छ ।



सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार सो गैँडा वा अर्को सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताउनुभयो । नियन्त्रणमा लिइएका गैँडालाई सौराहामा निर्माण गरिएको पिट बुमा ९गैँडा राख्न निर्माण गरिएको खोर० मा राखिने छ । केही दिन खाना खान थालेपछि बुमामा केही महिना राख्ने तयारी पश्चात् जहाजमा राखेर गैँडा चीन पठाइँदै छ ।ती गैँडालाई जंगलीबाट घरपालुवाको जस्तो बानी व्यहोरा बनाएर मात्र पठाइने उहाँले बताउनुभयो । जहाजमा लैजाँदा समस्या हुन सक्ने भएकाले शुरुमा बुमामा राखेर गैँडाको अध्ययन गरी गैँडालाई सामान्य अवस्थामा ल्याएर मात्रै पठाउन लागिएको हो ।विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नु भएको थियो । चीनमा प्राकृतिक बासस्थानमा एक सिंगे गैँडा छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend