जन आकाश
२०७५ बैशाख ११
गते देखि जारी नेकपा (माले) को पोलिटब्युरोको बैठक विभिन्न महत्वपूर्ण आन्तरिक सांगठानिक तथा समसामयिक राष्ट्रिय राजनीतिक निर्णयहरु गर्दैै आज सम्पन्न भएको छ । बैठक महासचिव क. सी.पी. मैनालीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, रातोपुल, काठमाण्डौमा बसेको हो । विभिन्न विषयहरुमा छलफल पश्चात गरिएका केही निर्णयहरुलाई प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
१. बैठकले महासचिवद्वारा प्रस्तुुत वर्तमान राष्ट्रिय राजनीतिक तथा सांगठानिक पक्षको ठोस विश्लेषण सहितको राजनीतिक प्रतिवेदन एकमतोले पारित गरेको छ ।
२. बैठकले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकद्वारा गठित संगठन तथा संघर्षको आगामी कार्ययोजना मस्यौदा समितिले तयार गरी प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल र केन्द्रीय कमिटीको आठौं पूर्ण बैठकमा पठाउने गरी स्वीकार गरेको छ ।
३. बैठकले पोलिटब्युरो सदस्य रेशम राजश्वराज रिमाल ‘नविन’ लाई पार्टीका विचार र आदर्र्शबाट पतित भई पार्टी बिरोधि गतिविधिमा संलग्न भएको ठहर गर्दैै पार्टी विधान–२०७३ को धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेदारीबाट मुक्त गर्दै पार्टी सदस्यताबाट निष्काशित गरेको छ ।
४. बैठकले १५ बुुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्र्रस्तावहरु पारित गरेको्र प्रेस–विज्ञप्तिमा उललेख–छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend