जन आकाश
काठमाडौं । कोटेश्वर पूर्व यातायात समन्वय समितिको अध्यक्ष बलराम त्वानावसुले कोटेश्वर पूर्व यातायात समन्वय समितिमा आबद्ध ११ वटै समितिहरुलाई मोटो रकम माग गरेको खरब प्राप्त भएको छ । अस्ति भर्खरै नेपाल सरकारको यातायात मन्त्रालयले यातायातका संघ, समितिहरुलाई प्रा.लि.मा जान निर्देशन पछि यातायात व्यवसायी समिति र संघहरुले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत आन्दोलन गर्ने, गराउने कुरा बाहिर आएको थियो । कतैकतै झिनो स्वरमा विरोध पनि भइराखेको छ । त्यही विरोध गर्ने र यातायात समिति, संघहरु खारेज नगराउन मन्त्रीलाई पैसा खुवाउनु पर्ने भयो भन्दै बलराम त्वानावसु र अरनिको राजमार्ग यातायात समन्वय समितिका अध्यक्ष रमेश वैद्यले कोटेश्वर पूर्व चल्ने यातायात व्यवसायीबाट प्रत्येक एक गाडीबाट ५० हजारको दरले पैसा उठाएको र सो पैसा ११ सय गाडीको झण्डै ५ करोड उठाएको र यो पैसा केका लागि भन्दा मन्त्रीलाई घुस खुवाउन भन्दै कोटेश्वर पूर्व चल्ने यातायात व्यवसायी र अरनिको राजमार्ग यातायात समन्वय समितिको आतङ्क यतिबेला चरम रुपमा कोटेश्वर पूर्व चल्ने यातायात व्यवसायीहरुले जानकारी गराइराखेका छन् ।
को हुन् बलराम त्वानावसु
बनेपा निवासी बलराम हाल भक्तपुरमा बसोबास गर्दे गर्छन् । शुरुमा बस व्यवसायबाट यातायातमा हात हालेका बलरामको हाल पेसा भने अर्कै छ । घरजग्गाको कारोबार, गाडी किनबेच गर्ने, गाडी साहुहरुलाई मिटर ब्याजमा पैसा लगाउने र त्यो तोकेको समयमा पैसा नदिए उनले पालेका केटाहरु लगाएर बीच बाटोमा चल्दै गरेको बसको चावी थुतेर बस कब्जामा लिने र फेरी अर्को रुप धारण गर्दै गाडी साहुलाई चर्को ब्याजमा पैसा मिलाइदिने काम गर्दै आएका व्यक्ति हुन् । उनको यो धन्दा कोटेश्वर पूर्वमा मात्र नभएर देशका विभिन्न ठाउँमा यातायात क्षेत्रकै लागि आतङ्क फैलाई राखेको यातायात क्षेत्रमा काम गरिरहेका जानकारहरु बताउँछन् ।
अझै अचम्मको कुरा अहिले नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघमा योगेन्द्र कर्माचार्य अध्यक्ष भएपछि त योगेन्द्र कर्माचार्यको नाम जोेडेर समेत विभिन्न संघ समितिहरुमा बलरामले आन्दोलनका लागि भन्दै रकम माग गरेको नाम नबताउने शर्तमा यातायात व्यवसायीहरुले हाम्रो जन आकाश मिडियालाई जानकारी गराएका छन् । लोकतन्त्रमा संघ संस्था खोल्नु आफ्नो व्यवसायको हकहितका निम्ति काम गर्नु राम्रो कुरा हो । तर अनावश्यक संघ र समितिका नाममा व्यवसायीहरुलाई शोषण गर्ने बलरामजस्ता माफियालाई सम्बन्धित निकायले समयमा नै कारवाही नगरेमा निकट भविष्यमा संघ समितिहरु नै बदनामी हुन सक्छन् । सरकारको कोटेश्वर पूर्व यातायात समन्वय समिति र अरनीको राजमार्ग यातायात समन्वय समितिको बारेमा ध्यान जाओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend