जन आकाश
मुकुन्द कुमार कार्की
काठमाडौं । तारकेश्वर देवीथानस्थित वडा नं.३ मा २५६२ औं बुद्ध जयन्तीको अवसरमा वनमन्त्री शक्ति बहादुर बस्नेतले बुद्धको मूर्ति अनावरण गर्नुभएको छ । उक्त मूर्ति त्यस क्षेत्रको स्थानीयहरुको सहयोगमा निर्माण भएको हो । उक्त कार्यक्रममा वनमन्त्रीलाई भेट्न पाएको अवसरमा स्थानीय जनताले आफ्ना वरपरको समस्या र राष्ट्रिय निकुञ्जसँगै सम्बन्धित समस्याहरु राखेका थिए । उक्त समस्यालाई मन्त्री बस्नेतले चाँडै नै ती समस्याहरुको समाधानका उपाय खोजेर जनतालाई राहत पुग्ने काम गर्ने बचन दिनुभयो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend